सुर्खेत : प्रदेश सरकारले बेरुजु न्यूनीकरणमा चासो नदिँदा कर्णालीमा बेरुजु बढ्दै गएको छ। बेरुजु घटाउन सार्वजनिक लेखा समितिले दिएको निर्देशन पनि पालन हुन सकेको छैन।समितिको बैठकले प्रदेशले असुल उपर गर्नुपर्ने बेरुजु रकम ३६ करोड २१ लाख ८७ हजार ८७६ रुपैयाँ असार महिनाभित्रै असुल गर्न पत्राचार गरेको थियो।लेखा समितिका सभापति जीतबहादुर मल्लले अहिलेसम्म असुल उपर गरेको रेकर्ड कुनै पनि मन्त्रालयबाट नआएको बताए। सभापति मल्लले भने, ‘हामीले विभागीय मन्त्रालयमा पत्राचार गरेपछि सम्पूर्ण कार्यालयमा पुग्छ भन्न