काठमाण्डौ - नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्मानजनक ढङ्गबाट हटाउन प्रस्ताव गर्नुभएको छ ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुग्नुभएका उपाध्यक्ष गौतमले अध्यक्ष प्रचण्डसँग ओलीलाई सम्मानजनक ढङ्गबाट हटाएर नयाँ प्रधानमन्त्री नेकपाभित्रबाटै चयन गर्नुपर्ने प्रस्ताव गर्नुभएको हो ।
अध्यक्ष प्रचण्ड र उपाध्यक्ष गौतमबीच प्रचण्ड निवास खुमलटारमा झण्डै एक घण्टा कुराकानी भएको थियो । अपमान महशुस नहुने गरी ओलीलाई प्रधानमन्त्रीबाट हटाउन सकियो भने मात्रै नेकपा एकताबद्ध भएर अघि बढ्न सक्ने ...