काठमाण्डाै – सरकारले पालिका तहका १६ सयभन्दा धरै कर्मचारीको सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्तरपालिका तहमा १६ सय १३ जना कर्मचारीको काज सरुवा गरेको हो ।पालिकामा कार्यरत कर्मचारीले आफूलाई अपायक भएर मन्त्रालयमा दिएको निवेदनका आधारमा अर्को पालिकामा खटाउने निर्णय गरेको मन्त्रालयले प्रकाशित गरेको सूचनामा उल्लेख छ । अर्को तहमा जानका लागि निवेदन दिएकाहरूले मापदण्ड भने पूरा गरेको हुनुपर्छ । एक पालिकाबाट अर्को पालिकामा सरुवा हुनका लागि काम गरिरहेको पालिका र जान चाहेको पालिका दुवैको सहमति आ...