लयमा फर्कंदै औद्योगिक करिडोर

कोरोना सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या घट्दै गएपछि सुनसरी–मोरङमा औद्योगिक चहलपहल बढ्न थालेको छ । निर्धक्कसँग नभए पनि औद्योगिक प्रतिष्ठानका गतिविधि बढ्न थालेका छन् । वैशाखमा सङ्क्रमणको जोखिम बढ्दा ८० प्रतिशत उद्योगले उत्पादन कटौती गरेर ५० प्रतिशतमा झारेका थिए । करिडोरका २० प्रतिशत उद्योग पूर्ण रूपमै बन्द भएका थिए । फलाम तथा स्टिल उद्योग अक्सिजन अभावका कारण नै बन्द गर्नुपर्ने अवस्था आएको थियो । तराईजस्तै पहाडमा समेत सङ्क्रमणको उच्च जोखिम रहेका कारण गत वर्षको बन्दाबन्दीको तुलनामा यस वर्षको निषेधाज्ञामा वस्तुको माग भने घटेको उद्योगीको दाबी छ । पहाडी जिल्लामा कोरोना सङ्क्रमण फैलँदा र निर्माणको काम सुस्ताउँदा माग गत वर्षभन्दा घटेको उनीहरूको दाबी छ । उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले औद्योगिक क्षेत्रमा केही चहलपहल बढे पनि उद्यागी, कर्मचारी र कामदार निर्धक्क हुने अवस्था चाहिँ नरहेको बताउनुभयो । “जबसम्म कम्प्लेट भ्याक्सिनेसन हुँदैन तबसम्म सहज वातावरणमा त फर्कंदैन,” अध्यक्ष प्याकुरेलले भन्नुभयो, “सावधानी अपनाएर उद्योगहरू क्रमशः चलायमान हुँदै छन् । ”

सम्बन्धित सामग्री

कर्णालीमा हरित औद्योगिक करिडोरको खोजी, छिन्चु-मेहलकुनामा सम्भाव्यता अध्ययन

१० साउन, सुर्खेत । कर्णाली प्रदेश सरकारले हरित औद्योगिक करिडोर निर्माण गर्ने भएको छ । त्यसका लागि सम्भावित क्षेेत्रको खोजी, अध्ययन र अनुसन्धान भइरहेको प्रदेश सरकारले जनाएको छ । भेरी र कर्णाली नदी किनारमा हरित औद्योगिक करिडोर निर्माण गर्ने दीर्घकालीन लक्ष लिएको प्रदेश सरकारले पहिलो चरणमा ‘छिन्चु-मेहलकुना हरित औद्योगिक करिडोर’ को सम्भाव्यता अध्ययनबारे बृहत छलफलसमेत […]

मदिरा र सुर्तीजन्यलाई औद्योगिक करिडोर र औद्योगिक क्षेत्रमा स्थानान्तरण गरिने

१५ जेठ, काठमाडौं। सरकारले मदिरा र सूर्तिजन्य उद्योगलाई स्थानान्तरणको नीति लिएको छ । बजेट २०८०-८१ को नयाँ बजेट प्रस्तुत गर्दै अर्थमन्त्रि डा प्रकाश शरण महतले यस्तो घोषणा गरेका हुन् । ‘मदिरा र सूर्तिजन्य उद्योगलाई औद्योगिक करिडोर वा औद्योगिक क्षेत्रहरूमा क्रमशः स्थानान्तरण गर्ने व्यवस्था मिलाइनेछ, ’ बजेटमा भनिएको छ ।

दुई दशकसम्म बनेन औद्योगिक करिडोर

बारा–पर्साका उद्योगीले सरकारसँग २० वर्षदेखि राख्दै आएको एउटा माग हालसम्म पूरा हुन सकेको छैन । दुई दशकयताका सबै सरकारसँग पहिलो मागकै रुपमा निरन्तर पथलैया–वीरगन्ज औद्योगिक करिडोरलाई औपचारिक मान्यता दिन उद्योगीहरुले गरेको माग पूरा हुन नसकेको हो । नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशको सिमरामा भएको तेस्रो साधारणसभाको अधिकांश समय करिडोरको सरकारी आधिकारिकताका बारेमा बहस केन्द्रित […]

वीरगन्ज–पथलैया औद्योगिक करिडोर घोषणा गर्न उद्योगी व्यवसायीको माग

वीरगन्ज–पथलैया औद्योगिक करिडोरलाई विधिवत् रुपमा औद्योगिक करिडोरको मान्यता दिलाउन उद्योगीहरुले माग गरेपनि पूरा नभएको बताएका छन्। विगतमा यस क्षेत्रबाट निर्वाचित सांसदले औद्योगिक क्षेत्रलाई औद्योगिक करिडोर घोषणा गराउन चुनावी एजेण्डा बनाएपनि...

औद्योगिक करिडोर व्यवस्थित बनाउन लाग्छु : पूर्वमन्त्री श्रेष्ठ

पथलैया-विरगंज औद्योगिक करिडोर बारा ४ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद तथा उद्योगी कृष्णकुमार श्रेष्ठले (किसान) मुलुककै ठूलो औद्योगीक करिडोर व्यवस्थित बनाउन आफूले प्रयास थाल्ने बताएका छन् । सिमरामा निर्वाचित भएको प्रमाणपत्र लिँदै श्रेष्ठले मुलुकको प्रमुख द्धार समेत रहेको करिडोरलाई उद्योगमैत्री बनाउन आफूले स्थानीय, प्रदेश र संघीय तीनै तहको सरकारमा नीतिगत दबाव थाल्ने बताए । पूर्वश्रममन्त्री समेत […]

मोतीपुर औद्योगिक करिडोर क्षेत्रमा ड्रोनबाट जग्गाको नापजाँच

रुपन्देहीको मोतीपुर औद्योगिक करिडोर क्षेत्रको जग्गाको नापजाँच गर्ने काम मंगलबारदेखि शुरु भएको छ । बुटवल १७ रानीगञ्जस्थित जनशक्ति प्राथमिक विद्यालय नजिकैबाट नापजाँचको काम शुरु भएको हो । नापजाँच कार्यक्रमको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले ड्रोन उडाएर शुभारम्भ गरे । जग्गा नापजाँचको शुभारम्भ गर्दै प्रमुख पाण्डेयले मोतीपुर औद्योगिक क्षेत्रको वास्तविक जग्गा छुट्टिने र औद्योगिक क्षेत्र निर्माणका लागि सहज हुने बताए । औद्योगिक क्षेत्र बनाउनयोग्य जग्गा र अन्य जग्गा छुट्याएर औद्योगिक क्

मोतिपुर घटनाका मृतक परिवारलाई राहत दिने सरकारको निर्णय

काठमाडौं, कात्तिक २३ । सरकारले मोतिपुर औद्योगिक करिडोर घटनाका मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मोतिपुर औद्योगिक करिडोर घटनामा मृतक परिवारलाई राहत दिने भएको हो । बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले बेमौसमी वर्षाबाट धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउने सम्बन्धमा कार्यदलले पेश गरेको कार्यविधि […]

मौतिपुर घटनामा मृतकमा परिवारलाई राहत दिने सरकारको निर्णय

सरकारले मोतिपुर औद्योगिक करिडोर घटनाका मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले मोतिपुर औद्योगिक करिडोर घटनामा मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो। मंगलबार मन्त्रिपरिषद...

मोतीपुर औद्योगिक करिडोर घटनाका मृतक परिवारलाई राहत उपलब्ध गराउने सरकारको निर्णय

सरकारले मोतीपुर औद्योगिक करिडोर घटनाका मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मोतीपुर औद्योगिक करिडोर घटनामा मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो । मंगलबार मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले बेमौसमी वर्षाबाट धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउने सम्बन्धमा कार्यदलले पेश गरेको कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको पनि बताए ।

लयमा फर्कंदै औद्योगिक करिडोर

तीन महिने बन्दाबन्दीपछि सुनसरी–मोरङ औद्योगिक करिडोर पुनः चलायमान भएको छ । लामो अवधिसम्म बन्द रहेका उद्योगबाट पूर्ण क्षमतामा उत्पादन भइनसकेको भए पनि पछिल्ला दिनमा करिडोर क्षेत्र चलायमान भएको उद्योगी–व्यवसायीले बताएका हुन् ।