मोतीपुर औद्योगिक करिडोर क्षेत्रमा ड्रोनबाट जग्गाको नापजाँच

रुपन्देहीको मोतीपुर औद्योगिक करिडोर क्षेत्रको जग्गाको नापजाँच गर्ने काम मंगलबारदेखि शुरु भएको छ । बुटवल १७ रानीगञ्जस्थित जनशक्ति प्राथमिक विद्यालय नजिकैबाट नापजाँचको काम शुरु भएको हो । नापजाँच कार्यक्रमको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले ड्रोन उडाएर शुभारम्भ गरे । जग्गा नापजाँचको शुभारम्भ गर्दै प्रमुख पाण्डेयले मोतीपुर औद्योगिक क्षेत्रको वास्तविक जग्गा छुट्टिने र औद्योगिक क्षेत्र निर्माणका लागि सहज हुने बताए । औद्योगिक क्षेत्र बनाउनयोग्य जग्गा र अन्य जग्गा छुट्याएर औद्योगिक क्