काठमाडौँ – महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्न र्याली तथा सचेतनाका कार्यक्रमहरु सञ्चालन गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका सातवटै प्रदेशमा रहेका विभिन्न शाखाहरु तथा प्रादेशिक कार्यालयहरुद्वारा वित्तीय साक्षरता, र्याली तथा सचेतनाका कार्यक्रमहरु सञ्चालन गरेको हो। बैंकले ग्लोबल मनी वीक २०२४ को अवसरमा […]