काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत फर्किन लागेका छन्। संसद् सचिवालयले महाअभियोग निष्प्रभावी भएको व्यहोराको पत्र सर्वोच्च र न्याय परिषद्लाई पठाएपछि जबरा सर्वोच्च फर्किन लागेका हुन्। उनी आज दिउँसो ३ बजे सर्वोच्च जाने बताइएको छ।
जबरालाई रोक्न अहिले अधिवक्ताहरुले सर्वोच्च परिसरमा धर्ना दिएका छन्। नेपाल बार एशोसिएसनकोका पूर्व…