काठमाण्डाै - आन्दोलनरत कानुन व्यवसायीको धर्ना छल्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च अदालत प्रवेश गर्नु भएको छ ।
महान्यायाधिवक्ता कार्यालय नजिकको गेटबाट उहाँ सर्वोच्च प्रवेश गर्नु भएको हो । उहाँलाई आज सर्वोच्चमा प्रवेश गर्न नदिने भन्दै कानुन व्यवसायीहरुले बिहान १० बजेदेखि नै मूल गेटमा धर्ना दिएका थिए । तर धर्ना छल्दै प्रधानन्यायाधीश जबरा सर्वोच्च प्रवेश गर्नु भएको हो ।
सर्वोच्च आसपासमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ । यसअघि बिहान कानुन व्यवसायीको विरोध प्रदर्शनमा झडप समेत भएको थियो । सर्वोच्च अदा...