काठमाडौं : नेपाल बारको आन्दोलनका बीच प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च अदालतभित्र प्रवेश गरेका छन्। कडा सुरक्षा घेराबीच दोस्रो गेटबाट जबरा अदालतभित्र छिरेका हुन्।यस्तै कानुन व्यवसायीहरुले मुल गेटमा धर्ना दिएपछि १९ जना न्यायाधीशहरु वैकल्पिक गेटबाट सर्वोच्च परिसरमा प्रवेश गरेका छन्।उनीहरु महान्यायाधिवक्ता कार्यालय तर्फको गेटबाट अदालत प्रवेश गरेका हुन्। मुल गेटमा भने नेपाल बार एसोसिएसनका पदाधिकारी र कानून व्यवसायीले धर्ना दिइरहेका छन्।