काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्र भित्रका ४६ स्थानमा प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध लगाएको छ । महानगर प्रमुख बालेन्द्र शाहले तिहारमा स्वदेशी फूल उत्पादक किसानलाई प्रोत्साहन गर्न यस्तो निर्णय गरिएको बताए । उनले प्लाष्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्री वितरणमा रोक लगाउँदै स्वदेशमा उत्पादन भएका फूलको व्यापारलाई प्रवर्द्धन गरिएको हो । स्वदेशी फूल उत्पादनका लागि […]
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका पालिकाले स्थानीय रुपमा उत्पादन भएको फूल र फूलको माला प्रयोग गर्न प्रोत्साहन गरेकाछन् । आफ्नै माटोमा उत्पादन भएको पुष्पखेतीलाई प्रोत्साहन गर्दै नवलपुरका स्थानीय तहले उपभोक्तालाई समेत स्वदेशकै स्थानीय फूलमाला प्रयोग गर्न अनुरोध गरेका हुन् ।
२७ कात्तिक, काठमाडौं । भृकुटीमण्डपमा एकबोरा भन्दा धेरै फूल र माला भुइँमा खनाएर नाम्लो बोकेर हिंड्न लागेका तारकेश्वर नगरपालिका ७ का श्रीहरि खड्का महानगरप्रति रिस प्रकट गर्छन् । ‘५ महिनादेखि तिहारमा यही फूल, माला बेच्ने भनेर रातदिन दुःख गर्यो, बेच्ने दिन महानगरले यहाँ ल्याएर राखेर गाँस खोस्दियो’, खड्का भन्छन् । अघिल्लो वर्षभन्दा यो पटक व्यावसायिक […]
काठमाडौं, २५ कात्तिक । काठमाडौं महानगरपालिकाको व्यवस्थापनमा नेपाल फ्लोरीकल्चयर एसोसिएसन र नेपाल चेम्बर अफ कमर्सले संयुक्त रुपमा सहुलियतमा स्वदेशी फूल विक्री कक्ष सञ्चालनमा आएको छ । काठमाडौंको भृकुटीमण्डप, एयरपोर्ट–तीनकुने, हाँडी गाउँ र बालाजु कोल्ड स्टोर छेउमा स्वदेशी सहुलियतमा फूल विक्री खुल्ला गरेको हो । ‘आजदेखि हामी काठमाडौ महानगर ,नेपाल फ्लोरीकल्चयर एसोसिएसन, नेपाल चेम्बर अफ कमर्सले […]
“घर आँगन होस् या सडक किनारा, रोपी स्वदेशी फूल बिरुवा बनाउन् प्रदेश हराभरा” नाराका साथ प्रदेश १ स्तरीय पाँचौँ पुष्प व्यापार प्रदर्शनी मेला धरानमा सुरु भएको छ ।