प्रदेश १ सरकारले मोरङको उर्लाबारी नगरपालिकास्थित मंगलबारे अस्पताललाई दुई वर्ष अघि प्रदेश सरकार मातहत ल्याउने निर्णय ग¥यो । प्रदेश सरकारको निर्णय यतिमा मात्र सीमित भएन । साबिकको १५ शय्याको अस्पताललाई विशेषज्ञ सेवासहित ५० शय्यामा स्तरोन्नति गर्दै नामसमेत परिवर्तन गरी मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको रुपमा विकास गर्ने निर्णय पनि गरियो ।प्रदेश सरकारको २०७६ पुस २२ गतेको मन्त्रिपरिषद् बैठकले केन्द्रको निर्देशनमा मंगलबारे अस्पताललाई मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको रुपमा नाम परिवर्तनको