अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापमा १६ लाख नगद र १२ लाख रुपैयाँको चेकसहित इन्जिनियर र प्लम्बरलाई नियन्त्रणमा लिएको छ ।खानेपानीसम्बन्धी कामको भुक्तानीबापत सेवाग्राही लिएको घूस रकमसहित खानेपानी तथा सरसफाई डिभिजन नं ४, वाग्मती प्रदेश, मन्थली रामेछापका इन्जिनियर (आठौं तह) नवराज सत्याल र करारमा कार्यरत पलम्बर बखतबहादुर थापालाई बुधबार नियन्त्रणमा लिएको अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।