बाँकेमा घूस रकमसहित दुईजना कर्मचारी पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जले जिल्लाको आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय, बाँकेका कार्यालय प्रमुख तथा खाद्य अनुसन्धान अधिकृत बिनोदकुमार श्रीवास्तव र नेपालगन्ज भन्सार कार्यालयका नासु लक्ष्मण चन्दलाई घूस रकमसहित पक्राउ गरेको हो ।