राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र पुनःस्थापनाको लागि आन्दोलन गर्ने बताउनुभएको छ। शनिबार राप्रपा नेपालको भातृ संगठन राष्ट्रिय युवा मोर्चाको घोषणासभालाई सम्बोधन गर्ने क्रममा थापाले यस्तो बताउनुभएको हो।
नेपालीलाई एउटै सुत्रमा बाँधेर हिँडाउन सनातन धर्म, संस्कृतिको रक्षा गर्नु पहिलो आवश्यकता भएको उहाँको भनाइ छ। सनातन धर्म, संस्कृति र परम्पराको जग धरापमा पर्न थालेकोले राष्ट्रिय अखण्डता तथा राष्ट्रियताको जग बलियो बनाउन राप्रपा नेपालले संगठन विस्तार सँगसँगै चाँडै आन्दोलनका कार्यक्रम घोषणा गर्ने उहाँले प्रष्ट पार्नुभयो।