काठमाण्डाै – शेयर बजार काराेबार मापक नेप्से परिसूचकले सबैभन्दा उच्च विन्दुको कीर्तिमान बनाएको छ । गएकाे आइतवार तीन हजार ५८ विन्दुमा पुगेर कीर्तिमान बनाएको नेप्सेमा आज मङ्गलवार तीन हजार ७९ विन्दुको नयाँ कीर्तिमान बनेको छ ।
आज बैंकिङ, व्यापार, होटल र माइक्रोफाइनान्सबाहेक अरू सबै समूहको शेयर बढेपछि नेप्से २९ दशमलव २४ अङ्कले बढेर तीन हजार ७९ दशमलव ६७ विन्दुमा पुगेको छ । आज विकास बैंक समूहको शेयर साढे ३५ अङ्कले बढेको छ ।
यस्तै जलविद्युत् समूहको एक सय १९ अङ्कले, फाइनान्स समूहको ७१ अङ्कले, जीवन बीमा समूहको...