पछिल्लो एक सातादेखि भारतबाट मागअनुसार एलपी ग्यास आयात हुन नसक्दा नेपाली बजारमा आपूर्ति असहज भएको छ । जसले गर्दा उपभोक्ताले अभाव समेत झेल्नु परेको छ । सबैभन्दा धेरै ग्यास आयात हुने इन्डियन आयल कर्पोरेसन (आईओसी) को बरौनी रिफाइनरी मर्मतका क्रममा रहेकाले त्यहाँबाट कोटाअनुसार ग्यास लोड हुन नसकेको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार […]
काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले सार्वजनिक सेवा प्रसारण संस्थाले नयाँ प्रविधि‚ र बढ्दो जनअपेक्षा आत्मसात् गर्दै प्रसारण सामग्रीको गुणस्तर र प्रभावकारिता बढाउन आवश्यक रहेको बताएका छन्। सार्वजनिक सेवा प्रसारण नेपालअन्तर्गतको नेपाल टेलिभिजनको ४१औँ वार्षिकोत्सवका अवसरमा आज (शनिबार) आयोजित विशेष समारोहमा उनले डिजिटल युगमा विषयवस्तु‚ पहुँच‚ प्रस्तुति र प्रविधिलाई निरन्तर विस्तार गर्नु अपरिहार्य रहेको बताए। “परम्परागत रेडियो […]
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आसन्न निर्वाचनमा झापा–५ मा आफ्ना प्रतिस्पर्धी रास्वाका उम्मेदवार बालेन शाहतर्फ इंगित गर्दै ‘ठुटे सिङ लिएर सिँगौरी खेल्न’ पुगेको टिप्पणी गरे ।
एजेन्सी– क्यानडाको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) नोभेम्बर सन् २०२५ मा लगभग स्थिर रहेको छ । वस्तु उत्पादन गर्ने उद्योगहरूमा आएको संकुचनले सेवा क्षेत्रको विस्तारलाई सन्तुलनमा ल्याएको तथ्यांक क्यानडाले शुक्रबार सार्वजनिक गरेको छ । राष्ट्रिय तथ्यांक निकाय क्यानडाका अनुसार नोभेम्बर महिनामा वस्तु उत्पादन गर्ने उद्योगहरू ०.३ प्रतिशतले घटेका छन् । पछिल्ला चार महिनामध्ये यो तेस्रो […]