सरकारले पैसा नदिएपछि झन्डै एक वर्षदेखि रोकिएको कोरोना बिमाको भुक्तानी पुनः सुरु गर्न बिमा समितिले अर्थ मन्त्रालयमा दुई विकल्प पेस गरेको छ । सरकारले तिर्नुपर्ने रकम धेरै भएकाले एकै पटक तिर्न नसक्ने भन्दै अर्थमन्त्री जनार्दन शर्माले भुक्तानीका अरू विकल्प ल्याउन भनेपछि समितिले गत साता दुई विकल्प पेस गरेको हो ।