सरकारले तिर्नुपर्ने रकम अर्थ मन्त्रालयले लामो समयदेखि रोकिदिँदा १ लाखभन्दा बढीले कोरोना बिमाको भुक्तानी पाउन सकेका छैनन् । बिमा मापदण्डअनुसार सरकारले तिर्नुपर्ने रकम नदिँदा करिब एक वर्षदेखि दाबी भुक्तानी रोकिएको हो । अर्थ मन्त्रालयले ‘बेमौसमी वर्षाले धानबालीमा क्षति पर्याएपछि किसानलाई राहत दिनुपर्ने, मल खरिदका लागि अतिरिक्त बजेट चाहिने’ लगायत कारण देखाई स्रोत नभएको भन्दै बिमाको रकम निकासा गरिदिएको छैन ।