सोमबारदेखि अवरुद्ध भएको कर्णाली प्रदेशसभाको बैठक अझै सुचारु गर्ने विषयमा सहमति हुन सकेको छैन । सत्तारुढ दलहरूबीच एकले अर्कोलाई असहयोग गरेको भन्दै भएको अवरोध तीन दिन बितिसक्दा पनि समाधानतर्फ उन्मुख हुन सकेको छैन ।नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले बुधबार बिहान आफ्ना माग पुरा नभएसम्म सदन र विषयगत समितिका कुनै पनि विषयमा सहभागी नहुने निर्णय गरिसकेको छ । यो निर्णयले सदनभित्रका काम प्रभावित भएका छन् । सत्तारुढ दलभित्र असहमति भएपछि माओवादी सदनबाट बाहिरिएको थियो । बुधबार दिउँसो सभामुख राजबहा