कर्णाली प्रदेश प्रदेशसभा बैठक स्थगित

कर्णाली । कर्णाली प्रदेश प्रदेशसभाको आठौं ९वर्षे० अधिवेशनको पहिलो बैठक आधा घण्टाका लागि स्थगित भएको छ । प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले बैठकको शुरुमै हिजो भन्दा आजको सरकारको बनावट फरक भएको भन्दै राजनीतिक अपराध मात्र नभएर फौजदारी अभियोग लागेका व्यक्तिलाई प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्रीमा कायम राखेको भन्दै आक्रोश […]

सम्बन्धित सामग्री

सर्वदलीय बैठक निष्कर्षबिहीन, प्रदेशसभा बैठक सूचना टाँसेर स्थगित

२३ असार, सुर्खेत । गत असार १२ गतेदेखि अवरुद्ध कर्णाली प्रदेश सभाको बैठक बिहीबार पनि बस्न सकेन । सरकार र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबीच सहमति जुट्न नसकेपछि बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो । संसद् सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीले भने, ‘सर्वदलीय बैठकमा दलहरुबीच सहमति जुटन नसकेपछि आजको बैठक स्थगित […]

आज पनि बस्न सकेन कर्णाली प्रदेशसभा बैठक

सरकार र प्रतिपक्ष दल नेकपा एमालेबीच सहमति जुट्न नसकेपछि बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको कर्णाली प्रदेश सभाको बैठक आज बस्ने सकेन । संसद् सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीका अनुसार सूचना टाँसेर बिहीबारको बैठक स्थगित गरिएको हो । उनले शुक्रबारका लागि बैठक बोलाइएको रातोपाटीलाई जानकारी दिए । बिहान ११ बजेदेखि बसेको सर्वदलीय बैठकमा आज पनि सहमति जुट्न सकेन । सत्ता र प्रतिपक्षको आ–आफ्नै अडानले सर्वदलीय बैठकमा सहमति जुट्न नसकेको बताइएको छ । प्रदेश सभा गत असार १२ गतेदेखि अवरुद्ध हुँदै आए

कर्णाली प्रदेश : शुरू हुनै सकेन बजेट छलफल

सुर्खेत । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गरेको एक महीना बित्नै लाग्दासमेत कर्णाली प्रदेशसभामा छलफल शुरू हुन सकेको छैन । प्रदेशसभामा प्रस्तुत बजेट असारभित्र पारित भइसक्नुपर्ने संवैधानिक व्यवस्था रहे पनि प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को लगातारको अवरोधका कारण छलफलसमेत शुरू हुन नसकेको हो । प्रदेशसभामा गत असार १ गते आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले आव २०७८/७९ का लागि ३६ अर्ब ५४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । त्यसयता बसेका सबै बैठक एमालेको अवरोधपछि स्थगित हुँदै आएका छन् । प्रदेशसभाको मंगलवारको बैठकमा पनि कार्यसूचीमै प्रवेश गर्न पाएन । सभामुखले बैठक प्रारम्भ गर्नासाथ एमालेका प्रदेशसभा सदस्य सिटबाट उठेर अवरोध गर्दै आएका छन् । नेकपा एमालेले सदनमा सर्वोच्च अदालतको आदेश विपरीत आफ्ना सदस्यलाई सरकारले सत्तापक्ष बनाएको भन्दै मन्त्री पदबाट नहटाएसम्म बैठक अवरुद्ध गरिरहने अडान राखेको छ । मंगलवारको बैठकमा एमाले प्रदेशसभा सदस्य दानसिंह परियारले सर्वोच्च अदालतको आदेश र सभामुखले सदनमा वाचन गरेको पत्रको कार्यान्वयन गर्न सरकार गम्भीर नहुँदा बजेटजस्तो महत्त्वपूर्ण विषयमाथि छलफल हुन नसकेको बताए । नेकपा (माओवादी केन्द्र) र नेपाली कांगे्रस गठबन्धनको सरकारमा हाल एमालेका तीन सदस्य मन्त्री छन् । पार्टी निर्देशन विपरीत आफूलाई विश्वासको मत दिएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एमालेका अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई लगत्तै मन्त्री पदमा नियुक्त गरेका थिए । प्रदेश सरकारमा थापा भौतिक पूर्वाधार तथा शहरी विकास, शाही भूमि व्यवस्था, कृषि तथा सहकारी र बुढा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन् । पार्टी निर्देशन उल्लंघन गरेको आरोपमा एमालेले पदबाट मुक्त गर्न प्रदेशसभालाई सिफारिशका गरेका आधारमा प्रकाश ज्वालासहित उनीहरू तीन जना पदमुक्त भएका थिए । सर्वोच्च अदालतको जेठ २७ गतेको अन्तरिम आदेशबाट उनीहरूको पुनर्बहाली भएपछि एमाले र सरकारबीच सदनमा टकराव बढेको छ । अदालतको आदेशबमोजिम प्रदेशसभाले एमाले संसदीय दलको सदस्यका रूपमा बैठक कक्षमा सिट व्यवस्थापन गरे पनि मन्त्रीहरू भने सत्तापक्षकै कुर्सीमा बस्दै आएका छन् । एमालेले प्रदेश सरकारले एउटै पार्टीलाई सत्तापक्ष र प्रतिपक्षी बनाएको भन्दै आपत्ति व्यक्त गर्दै आएको छ । सभामुख राजबहादुर शाहीले मंगलवारको बैठकमा सभा सञ्चालनमा सहयोग नगरे अवरोधकै बीचबाट अगाडि बढ्न बाध्य हुने चेतावनी दिएका थिए । मंगलवार दुईओटा बैठक बसे पनि एमालेको अवरोध कायमै रह्यो । एमालेको अवरोध कायमै रहेपछि सभामुखले बुधवार दिउँसो २ बजेसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरेका छन् । रासस

स्थगित कर्णाली प्रदेशसभा बैठक सुरु हुन सकेन

मंगलबार २ बजे बोलाइएको कर्णाली प्रदेश सभा बैठक अझै सुरु हुन सकेको छैन ।सोमबार कार्यसूचीमा प्रवेशनै नगरी स्थगित प्रदेशसभाको आठौं अधिवेशन बैठक पुर्व निर्धारित समय भन्दा बढि दुई घण्टा बित्दा समेत सुरु नभएपछि अनिश्चित बनेको छ ।कर्णालीका भौतिक पूर्वाधार विकास मन्त्री अम्मरबहादुर थापालाई बर्खास्त नगरेसम्म सदन चल्न नदिने अडान प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले लिएपछि बैठक स्थगित भएको थियो ।एमालेका संसदीय दलका नेता यामलाल कँडेल र सांसद करविर शाहीले मन्त्री थापालाई बर्खास्त नगरेसम्म सदन चल्न न