प्रतिनिधि सभा सदस्यहरूले नेपाली सेनाले देशको रक्षा गर्ने कि ठेक्कापट्टा गर्ने भन्दै प्रश्न उठाएका छन् ।
काठमाडौं तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणका लागि सेनाले गरेको टेन्डरको विषयमा प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा बोल्ने सांसदहरूले नेपाली सेनाले देशको सुरक्षा सम्हाल्ने भएकाले ठेक्कापट्टाका विषयमा पुनर्विचार गर्नुपर्ने बताएका हुन् ।
सांसद प्रदीप यादवले नेपाली सेनालाई सरकारले ठेकेदार बनाएको बताए ।
‘सरकारले सेनालाई ठेकेदार बनायो । सेनाले सुरक्षा दिने हो । सेनाले कानूनविपरीत क...