म्यानमारको सेनाले यसै साता चार जना अभियानकर्मी माथि दिइएको मृत्युदण्डको बचाउ गरेको छ । सेनाले मंगलबार देशले दशकमा पहिलो पटक मृत्युदण्ड दिएको थियो । मृत्युदण्डको अन्तर्राष्ट्रिय स्तरमा निन्दा भएको थियो । सजाय पाएकामध्ये दुई जना मृत्युदण्डको हकदार भएको सेनाले जिकिर गरेको छ ।मृत्युदण्डबारे गरिएका अन्तर्राष्ट्रिय निन्दाको जुन्ताले कडा आलोचनासमेत गरेको छ । उनीहरूलाई कानुनी प्रक्रिया पूरा गरेर सजाय दिइएको सेनाले दाबी गरेको छ । प्रवक्ता जाव मिन टुनले दोषीलाई ‘अदालती प्रक्रियाअनुसार आफ्नो प्