निर्वाचन आयोगले प्रतिनिधि सभाको निर्वाचनको मत परिणाम फागुनको पहिला हप्ताभित्रै राष्ट्रपति समक्ष पेश गर्ने जनाएको छ। आयोगले मंगलबार पत्रकार सम्मेलन गरि दलहरूले तोकिएकै समयमा समानुपातिकको सूची उपलब्ध गराउने अपेक्षा समेत व्यक्त गरेको छ। प्रमुख आयुक्त अयोधीप्रसाद यादवले ३ प्रतिशत थ्रेसहोल्ड कटाउने दलहरूलाई समानुपातिकको सिट बाँडफाँट गर्ने जानकारी दिए। आयोगले राष्ट्रिय सभाको निर्वाचन परिणाम प्राप्त भएपछि…