नेपाली काँग्रेस बैतडीका सबै पदको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । यसअघि जिल्ला कार्यसमिति पदाधिकारी र महाधिवेशन प्रतिनिधिहरूको मतगणना सम्पन्न भएकोमा शुक्रबार राति जिल्ला सदस्यहरूको अन्तिम मत परिणाम सार्वजनिक भएको हो । मतदान प्रक्रियाबाट चयन भएका बैतडीका ४० जना जिल्ला सदस्यहरूको नामावली सार्वजनिक भएको सहायक जिल्ला निर्वाचन अधिकृत बिष्णु अवस्थीले बताए । जिल्ला कार्यसमिति सदस्य पदमा गीता जोशी, देवेन्द्रबहादुर ऐर, करनसिंह कठायत, चक्रबहादुर चन्द, राजु ऐरी (बोहरा), अमरबहादुर धानुक, निराजनप्रसा