१२ चैत, काठमाडौं । फागुन महिनामा विभिन्न २२ कम्पनीको बोनस र हकप्रद सेयर दोस्रो बजार नेप्सेमा सूचीकृत भएको छ । नेप्सेको तथ्यांकअनुसार फागुनमा २० कम्पनीको बोनस सेयर र दुई कम्पनी माथिल्लो तामाकोशी तथा घलेम्दी हाइड्रोपावरको हकप्रद सेयर सूचीकृत भएको हो । ती कम्पनीका कुल १७ करोड १७ लाख ३५ हजार ७५१ कित्ता सेयर सूचीकृत भएको […]
२७ फागुन, काठमाडौं । माथिल्लो तामाकोशीसहित विभिन्न ७ कम्पनीका थप सेयर बजारमा सूचीकृत भएको छ । माथिल्लो तामाकोशीको शत प्रतिशत हकप्रदवापतको १० करोड ५९ लाख कित्ता सेयर सूचीकृत भएको छ । एसबीआई बैंकको ३.७५ प्रतिशत बोनस सेयरवापतको ३७ लाख ९५ हजार २३५ कित्ता सेयर सूचीकृत भएको छ । आरएसडीसी लघुवित्तको ८.६ प्रतिशत बोनस सेयर वापत […]
२० पुस, काठमाडौं । एनआईसी एसिया बैंकको ३ करोड ३५ लाख ३५ हजार ६१६ कित्ता सेयर दोस्रो बजारमा थपिएको छ । बैंकले यसअघि घोषणा गरेको चुक्ता पूँजीको २९ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत भएको हो । यस बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै २९ प्रतिशत बोनस सेयर प्रदान गरेको […]
सिभिल बैंकको १२औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । साधारण सभाले चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनको लागि प्रतिसेयर ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सिभिल बैंकलाई हिमालयन बैंकले प्राप्ति (एक्विजिशन) गर्ने सन्दर्भमा यस बैंकको १०० कित्ता सेयर बराबर हिमालयन बैंकको ८०.२८ कित्ता सेयर प्राप्त […]
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । सोमबार कम्पनीको ११ लाख ३८ हजार ९४५.५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ९.५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । उक्त बोनस सेयर, नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत बोनस सेयर, सेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कालिका पावर कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । स्टकका अनुसार कम्पनीको १५ प्रतिशत बोनस बापतको नौ लाख कित्ता सेयर सूचीकृत भएको हो ।कम्पनीको गत ३० पुसमा सम्पन्न भएको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८ प्रतिशत नगद गरी कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
१७ असार, काठमाडौं । जीवन विकास लघुवित्तले लगानीकर्तालाई दिएको ७० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । अब आफ्नो खातामा आएपछि सेयर लगानीकर्ताले बिक्री गर्न सक्ने छन् । कम्पनीको ४२ लाख ५८ हजार ८०० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको वार्षिक साधारणसभाबाट स्वीकृत भएसँगै बोनस सेयर सूचीकृत भएको हो ।
काठमाडौं, ११ माघ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आज एक कम्पनीको बोनस सेयर सूचिकृत गरेको छ । नेप्सेले मंगलबार स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ प्रतिशत बोनस बापतको १० लाख २८ हजार एक सय ९८ दशमलव २४ कित्ता सेयर सूचिकृत गरेको हो । संस्थाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर […]
अरुण भ्याली हाइड्रोपावरको १५ लाख ७२ हजार ३५९ कित्ता सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । उक्त बोनस वितरणपश्चात कारोबारका लागि बुधबार नेप्सेमा सूचीकृत गरेको हो ।
काठमाडौं, ११ साउन । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको बोनस सेयर सूचिकृत गरेको छ । कम्पनीको आज ७ प्रतिशत बोनस बापतको ५ लाख ७६ हजार ३ सय ७८ दशमलव ५०१३ कित्ता सेयर नेप्सेले सूचिकृत गरेको जनाएको छ ।