अर्थमन्त्री शर्माको पद धरापमा

काठमाडौं, ६ वैशाख । अर्थमन्त्री जर्नादन शर्माको पद धरापमा परेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सर्वोच्च अदलतले काममा फर्कने गरी अन्तरीम आदेश जारी गरेसँगै उनको पद धरापमा परेको हो । शर्माकै चाहना अनुसार सरकारले अधिकारीलाई कारबाही गरी निलम्बन गरेको थियो । तर, अधिकारी फर्कने गरी अदालतले बाटो खोलिदिएपछि नयाँ घटना विकास भएको […]

सम्बन्धित सामग्री

विकासका आयोजनामा जन निगरानी जरुरी  : पूर्व अर्थमन्त्री पौडेल

बुटवल ।   पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विकासका आयोजनामा जन निगरानी जरुरी रहेको बताउनु भयो । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको २२ औ वार्षिक साधारण सभामा शुक्रवार बुटवलमा बोल्ने व्यवसायीहरूले मुलुकमा देखिएको आर्थिक संकटले हरेक पेशा व्यवसाय  धरापमा परेको बताएका छन् । सोही समारोहमा बोल्दै पूर्व अर्थमन्त्री पौडेलले भैरहवामा निर्माण भएको […]

त्यो ‘सेक्स स्क्यान्डल’ जसले पार्‍यो बेलायतका प्रधानमन्त्रीको पद धरापमा

अर्थमन्त्री ऋषि सुनाकसहित विभिन्न मन्त्री र विभिन्न जिम्मेवारी सम्हालेका ५० जना बढी सांसदले राजीनामा दिइसकेका छन्। आफ्नै मन्त्रिपरिषदमा भएको यो ‘विद्रोह’ले जोनसनको पद धरापमा परेको छ।...

बेलायती प्रधानमन्त्री जोन्सनको पद धरापमा, एकपछि अर्को मन्त्रीको राजीनामा

काठमाडौं :  बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको सरकार संकटमा परेको छ। थप पाँच जना कनिष्ठ मन्त्रीले बुधबार सामूहिक राजीनामा दिएपछि राजीनामा दिने  सांसदको संख्या २७ पुगेको छ।प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै एकपछि अर्को मन्त्रीले राजीनामा दिएका हुन्। मन्त्रीहरुको राजीनामापछि प्रधानमन्त्री जोनसन राजनीतिक संकटमा परेका छन्। प्रधानमन्त्रीले राष्ट्रिय हित विपरित गरेको उनीहरुले आरोप लगाएका छन्।अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदको राजीनामापछि बुधबार एकपछि अर्को

एमाले सांसद बैठक बहिष्कार गरेर बाहिर निस्किए

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठक बहिष्कार गरेको छ । आउँदो आर्थिक वर्षको बजेटमा करका दर निर्धारण गर्दा बिचौलियालाई प्रवेश दिएर अक्षम्य अपराध गरेको भन्दै एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै संसद् बहिष्कार गरेको हो । आज बिहीवारको बैठकको सुरुमै एमालेका सांसद भानुभक्त ढकालले अर्थमन्त्रीले देश र संसदकै बदनाम हुने गरी तथा अर्थतन्त्रलाई थप धरापमा पार्ने क्रियाकलाप गरेको भन्दै उहाँको राजीनामा नआएसम्म संसद् चल्न नदिने बताउनुभएको थियो । एमालेका सांसदले उठेर विरोध जनाए पन...

विराटनगरका उद्योगी, व्यवसायीले बुझाए ज्ञापनपत्र

विराटनगर (अस) । मोरङ व्यापार संघका निवर्तमान अध्यक्ष प्रकाश मुन्दडासहितको उद्योगी तथा व्यवसायीको टोलीले आइतबार पूर्वप्रधानन्त्री तथा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र अर्थमन्त्री जनार्दन शर्मासमक्ष  ब्याजदर घटाउन र तरलता अभाव हुन नदिने उपायसहितको कदम चाल्न ज्ञापनपत्र बुझाएको छ । उद्योगी, व्यवसायीको टोलीले विराटनगरमा अर्थमन्त्री शर्मा  र पूर्वप्रधानमन्त्री प्रचण्डलाई भेटेर ज्ञापनपत्र बुझाएको हो । निवर्तमान अध्यक्ष मुन्दडाले मुलुकको आर्थिक मेरुदण्ड निजी क्षेत्रका उद्योग, व्यवसायले हाल बढ्दो ब्याजदरको मार खेप्नुका साथै विभिन्न कारणले पुँजी अभावको अवस्था सिर्जना भएबाट उद्योग, व्यवसाय धराशयी हुने सम्भावना बढेकोतर्फ ध्यानाकर्षण गराए । मुलुकको स्वदेशी लगानी, रोजगारी, उत्पादकत्वसहित समग्र अर्थतन्त्र नै धरापमा पर्न जाने जोखिमपूर्ण स्थिति आउन नदिन उनले नेताद्वयलाई आग्रह गरे । मुन्दडाले बैंकहरुले हाल संस्थागत निक्षेपमा १० प्रतिशतसम्म ब्याजदर कायम गरेको र आगामी चैतमा बैंक ब्याजदर ११ प्रतिशतसम्म पुग्न सक्ने सम्भावना देखिएकाले हालका लागि संस्थागत निक्षेपमा अधिकतम ६ प्रतिशत बैंक ब्याजदर कायम गराउन र तरलता अभाव समस्या न्यूनीकरणका लागि सम्बन्धित निकायलाई तत्काल कदम चाल्न पहल गरिदिन अर्थमन्त्री शर्मा र पूर्वप्रधानमन्त्री प्रचण्डसमक्ष आग्रह गरे । कार्यक्रममा पूर्वअध्यक्ष महेश जाजू, पूर्वअध्यक्ष पवनकुमार सारडा, उपाध्यक्ष (उद्योग) विकासकुमार बेगवानी, कार्यकारी सदस्य दिपेश सुवेदी, अमित सारडा, पवन राठी, देवाशीष गोल्छा, सुशील सुराना र  गोपाल अग्रवाल उपस्थित थिए ।

के अर्थतन्त्र पुनरुत्थान गर्न पौडेलले आँट गर्लान् ?

कोरोना कहरका कारण वित्तीय चाप बढ्दै गएको, अर्थतन्त्रमा गहिरो आघात परेको तथा चालू आर्थिक वर्षको बजेटको कार्यान्वयन नै धरापमा परेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले विष्णु पौडेललाई अर्थमन्त्रीको जिम्मेवारी दिएका छन् । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडा करिब एक महिनाअघि बाहिरिएसँगै अर्थमन्त्री प्रधानमन्त्री आफैंले राख्दै आएका थिए । बुधबार मन्त्रिपरिषद् पुनर्गठनसँगै पौडेल अर्थमन्त्री भएका हुन् […]