काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले इम्बोस्ड नम्बरप्लेटमा भएको ‘अनियमितता’का विषयमा छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएको छ ।
बुधबार युवा संघले विश्व बैंकले कालोसूचीमा राखेको कम्पनीलाई इम्बोस्ड नम्बर राख्ने ठेक्का दिइएको भन्दै अख्तियारमा उजुरी दर्ता गराएको हो । संघले इम्बोस्ड नम्बरप्लेटको अनियमिततामा संलग्न व्यक्तिमाथि छानबिन र...