नागरिक समाज कास्कीले नवौं राष्ट्रिय खेलकुदमा खेलाडीको स्वास्थ्य उपचारमा बेवास्ता गरिएको भन्दै छानबिनको माग गर्दै अख्तियार कार्यालय पोखरामा उजुरी गरेको छ । ३९ वर्षपछि गण्डकीमा भएको नवौं राष्ट्रिय खेलकुद असोज २८ गते उपराष्ट्रपति नन्दकिशो पुनेले औपचारिक रूपमा सुरु गरेको खेल बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले समापन गरेका थिए । नवौं राष्ट्रिय खेलकुदमा विभिन्न विधाका घाइते खेलाडीहरूको स्वास्थ्य उपचार सुविधा समेत उपलब्ध नगराइएको तर उद्घाटन र समापन समारोहमा कानुन विपरीत आतसबाजी गरेर लाखौ