काठमाडौं : विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरमा उम्मेदवारी दर्ता गराएको छ। मेयरमा समीक्षा बाँस्कोटा र उपमेयरमा कीर्ति तुलाधरले राष्ट्रिय सभा गृह स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका हुन्। उम्मेदवारी दर्ता गर्दै मेयरकी उम्मेदवार बाँस्कोटाले काठमाडौं महानगरमा वैकल्पिक राजनीतिको उदाउन उनले दाबी गरिन्। जनताले परिर्वतन चाहेकाले तराजु चिह्नमा मतदान गर्न आह्वान समेत गरिन्।