काठामडौं।‘टोकियो ओलम्पिक–२०२०’मा हालसम्म ६३ देशले २७१ वटा स्वर्ण पदक हात पारेका छन्।पदक तालिकामा ३४ वटा स्वर्ण जितेर चीन शीर्ष स्थानमा छ।अमेरिकाले २९,जापानले २२, अष्ट्रेलियाले १७,रुसी ओलम्पिक कमिटिले १६, बेलायतले १६, जर्मनीले ९ र फ्रान्स, इटाली र नेदरल्याण्ड्ले सात–सात वटा स्वर्ण जितेका छन्। यस्तै, दक्षिण कोरियाले ६, क्यानडा र क्युबाले ५–५ र ब्राजिल,पोल्याण्ड र चेक रिपब्लिकले चार–चार वटा स्वर्ण जितेका छन्।