टोकियो ओलम्पिकको पहिलो दुई दिनमा १७ राष्ट्रले हात पारे स्वर्ण

काठमाडौं।टोकियो ओलम्पिक २०२० को दोस्रो दिनको प्रतिस्पर्धाहरु सकिदा १७ राष्ट्रले स्वर्ण पदक हात पारेका छन्। दुई दिनमा २९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो। हालसम्म चीनले ६, जापानले ५, अमेरिकाले ४ र दक्षिण कोरियाले २ वटा स्वर्ण जितेका छन्। यस्तै, इटाली, अष्ट्रेलिया, फ्रान्स, हंगेरी, ट्युनिसिया, अष्ट्रिया, इक्वेडर, इरान, कोसोभो, नर्वे, थाइल्याण्ड, उज्वेकिस्तान र रुसका खेलाडीले एक–एक स्वर्ण जितेका छन्।

सम्बन्धित सामग्री