पाेखरा- नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशले पहिलो स्वर्ण पदक जितेको छ। पोखरा रंगशालाको एथ्लेटिक्स ट्र्याकमा पुरुष ३००० मिटरको स्टिपल चेजमा कर्णालीका दुर्गाबहादुर बुढाले पहिलो स्वर्ण पदक जितेका हुन्। सोमबार बिहान भएको खेलमा बुढाले निर्धारित दुरी ८ मिनेट ५५.१९ सेकेन्डमा पूरा गर्दै स्वर्ण हात पारे। स्वर्ण जिते पनि उनको स्वर्ण गुम्न सक्ने जोखिम देखिएको छ। […]