आइएमईद्वारा आईपीओ जारी गर्ने प्रस्ताव पारित

आइएमईको २२ औं साधारण सभाले आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको छ । आईपीओ जारीपछि आइएमईलाई नेपालको पहिलो पब्लिक रेमिटेन्स कम्पनीको परिचय थपिने भएको छ । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले २३ वर्ष अघि निजी क्षेत्रबाट विदेशी मुद्रा नेपाल भित्र्याउने कार्य अत्यन्तै कठिन र चुनौतीपूर्ण छ भन्ने धेरै शुभचिन्तकहरूको सुझाव र सल्लाहकै वाबाजुद एउटा सानो […]

सम्बन्धित सामग्री

जय अम्बे स्टिलले आईपीओ जारी गर्ने

जय अम्बे स्टिलले पनि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीको २५ मंसिरमा बसेको सञ्चालक समितिको बैठकले आईपीओ जारी गर्नका लागि साधारणसभामा प्रस्ताव लैजाने निर्णय गरेको हो । साधारणसभाबाट यो निर्णय पारित भएपछि मात्रै निष्कासनका लागि कम्पनीले अरु प्रक्रिया अघि बढाउने छ । पुस २६ गतेका लागि कम्पनीले कर्पोरेट कार्यालयमा साधारणसभा बोलाएको छ […]

आई.एम.ई.लाइफ इन्स्योरेन्सको साधारण सभाले पारित गर्‍यो आईपीओ जारी गर्ने प्रस्ताव

वैशाख १५,  काठमाडौं । आई.एम.ई.लाइफ इन्स्योरेन्सको  चौथो वार्षिक साधारण सभा बुधवार सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७६/०७७ को सञ्चालक समितिको प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गरेको छ ।   सभाले आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्नुका साथै आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनी र अन्य कुनै जीवन बीमा कम्पनी गाभ्न/ गाभिन वा प्राप्ति गर्ने सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्न स्वीकृत गरेको छ । सभाका सभापति एवम् सञ्चालक समितिका अध्यक्ष डा रामहरि आर्यालले बीमा व्यसायमा पर्याप्त जनचेतनाको अभाव, दक्ष जनशक्तिको अभाव र बीमा व्यवसाय सम्बन्धि साक्षरताको अभाव रहेको भएता पनि कम्पनीले सो बिषयलाई अवसरको रुपमा लिएको बताए । सभाले नयाँ  सञ्चालक समिति पनि गठन गरेको छ ।

नागरिक स्टक डिलरद्वारा आईपीओ जारी गर्ने प्रस्ताव पारित

पुस २३, काठमाडौं । नागरिक स्टक डिलर कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको छ ।  कम्पनीले शुक्रवार काठमाडौंमा दोस्रो वार्षिक साधारण सभा सम्पन्न गरी आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो । धितोपत्र व्यापारीको काम गर्ने गरी नेपाल धितोपत्र बोर्डको अनुमति पाएको यस कम्पनीले आईपीओ जारी गरी पूँजी बढाउँने योजना अघि सारेको हो ।  हाल रू. ५ अर्ब चुक्तापूँजी रहेको कम्पनीले रू. ३८ खर्बभन्दा बढी पूँजीकरण रहेको धितोपत्र बजारलाई सन्तुलनमा राख्ने गरी कारोबार गर्न नसक्ने भएकाले थप पूँजी जुटाउन लागेको जानकारी दिएको छ । कम्पनीले जारी पू्ँजीको ३० प्रतिशतले हुने रू. १ अर्ब ५० करोड बराबरको १ करोड ५० लाख कित्ता आईपीओ जारी गर्ने तयारी गरेको हो । कुल कित्ता शेयरमध्ये कम्पनीले २ प्रतिशत कर्मचारीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानी कोषका लागि सुरक्षित गर्नेछ ।  यस कम्पनीमा नागरिक लगानीकोषसँगै नेपाल पुनर्बीमा कम्पनी र नेपाल दूरसञ्चार कम्पनीको समेत शेयर स्वामित्व रहेको छ । रू. ५ अर्ब पूँजीको यो कम्पनीमा नागरिक लगानी कोषको ५१ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत र नेपाल दूरसञ्चार कम्पनीको ९ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

अभियान लघुवित्तले आईपीओ जारी गर्ने

१५ कात्तिक, काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर जारी गर्ने भएको छ । गत शनिबार सम्पन्न संस्थाको दोश्रो वार्षिक साधारणसभाले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको हो । यो सँगै संस्थाले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाउने […]

अभियान लघुवित्तले ९ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्ने

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर जारी गर्ने भएको छ । गत शनिबार सम्पन्न संस्थाको दोश्रो वार्षिक साधारणसभाले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको हो । संस्थाले अब ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढाउनेछ । आईपीओ जारीपश्चात संस्थाको चुक्तापूँजी २५ करोड रुपैयाँ पुग्नेछ । अहिले रेटिङको काम गराइरहेको सो संस्थाले जानकारी दिएको छ ।आर्थिक वर्ष २०७७÷७८ को वित्तीय विवरण अनुमोदन गर्नुका साथै संस्थाले अन्य ईजाज

सर्वोत्तम सिमेन्टले पारित गर्यो ६० लाख कित्ता आईपीओ जारी गर्ने प्रस्ताव

सर्वोत्तम सिमेन्टको विषेश साधारणसभाले सर्वसाधारणमा ६० लाख कित्ता आइपीओ जारी गर्ने प्रस्ताव पारित गरेको छ। बिहीबार सम्पन्न सभाले संस्थापक र सर्वसाधारण शेयरधनीहरु बीचको पुंजीको अनुपात ८७.१० : १२.९० हुने गरी मिलान गर्ने र यसरी शेयरको संरचना परिवर्तन पश्चात सर्वोत्तम सिमेन्टले ६० लाख कित्ता शेयर सर्वसाधारणलाई बुक बिल्डिङ्ग विधि बाट जारी गर्ने निर्णय गरेको हो। सर्वोत्तमले आइपीओ जारी गर्न ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक समेत नियुक्ति गरिसकेको छ। त्यस्तै सभाले आ.व.२०७६।७७ सम्मको मुनाफावाट हालको चुक्ता पुंजी को १९.११८ ...

६० करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्दै महालक्ष्मी लाईभ इन्स्योरेन्स

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ६० करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीको सोमबार बसेको तेस्रो वार्षिक साधारणसभाले ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने निर्णय गरेको हो ।उक्त सभाले आईपीओ जारी गर्ने प्रस्ताव पारित गरिसकेको र अब छिट्टै आईपीओ निष्काशनको प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।  आईपीओका लागि केहि दिन भित्रै नेपाल धितोपत्र बोर्डमा अनुमति माग्ने र अनुमति लगत्तै आईपीओ जारी गरिने कम्पनीले जानकारी दिएको छ ।सोमबार बसेको इन्स्योेर

महालक्ष्मी लाईफको आईपीओ आउँदै, साधारणसभामा लग्यो प्रस्ताव

११ माघ, काठमाडौं । महालक्ष्मी लाइफ इन्स्यारेन्सले साधारण सेयर (आईपीओ) निष्काशनका लागि तयारी शुरु गरेको छ । मुलुकको सबैभन्दा कान्छो बिमा कम्पनी महालक्ष्मीले आईपीओ जारी गर्ने प्रस्ताव आगामी साधारणसभामा लैजाने भएको हो । साधारणसभाले पारित गरेपछि आईपीओ निष्काशन प्रक्रिया शुरु हुनेछ । कम्पनीले फागुन ३ गते सोमबार होटल र्याडिसनमा साधारणसभा बोलाएको छ । उक्ता साधारणसभामा […]

सिटिजन लाइफले आईपीओ ल्याउने, प्रस्ताव पारित गराउन बोइलायो साधारणसभा

सिटिजन लाइफ इन्सुरेन्सले आईपीओ प्रस्ताव पारित गराउन फागुन २ मा साधारणसभा बोलाएको छ । सो सभामा कम्पनीले आईपीओ जारी गर्ने मुख्य प्रस्ताव पेश गर्नेछ । सिटिजन्सको जारी पुँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ छ । साथै, आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा समेत रहेको छ । आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुँदैछ । &n