वैशाख १५, काठमाडौं । आई.एम.ई.लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा बुधवार सम्पन्न भएको छ ।
सभाले आर्थिक वर्ष २०७६/०७७ को सञ्चालक समितिको प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गरेको छ ।
सभाले आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्नुका साथै आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनी र अन्य कुनै जीवन बीमा कम्पनी गाभ्न/ गाभिन वा प्राप्ति गर्ने सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्न स्वीकृत गरेको छ ।
सभाका सभापति एवम् सञ्चालक समितिका अध्यक्ष डा रामहरि आर्यालले बीमा व्यसायमा पर्याप्त जनचेतनाको अभाव, दक्ष जनशक्तिको अभाव र बीमा व्यवसाय सम्बन्धि साक्षरताको अभाव रहेको भएता पनि कम्पनीले सो बिषयलाई अवसरको रुपमा लिएको बताए ।
सभाले नयाँ सञ्चालक समिति पनि गठन गरेको छ ।