महालक्ष्मी लाईफको आईपीओ आउँदै, साधारणसभामा लग्यो प्रस्ताव

११ माघ, काठमाडौं । महालक्ष्मी लाइफ इन्स्यारेन्सले साधारण सेयर (आईपीओ) निष्काशनका लागि तयारी शुरु गरेको छ । मुलुकको सबैभन्दा कान्छो बिमा कम्पनी महालक्ष्मीले आईपीओ जारी गर्ने प्रस्ताव आगामी साधारणसभामा लैजाने भएको हो । साधारणसभाले पारित गरेपछि आईपीओ निष्काशन प्रक्रिया शुरु हुनेछ । कम्पनीले फागुन ३ गते सोमबार होटल र्याडिसनमा साधारणसभा बोलाएको छ । उक्ता साधारणसभामा […]

सम्बन्धित सामग्री

१० जीवन बीमा कम्पनीको पूँजी पुग्न बाँकी : हकप्रद र बोनस शेयरबाट पुर्‍याउने योजना

काठमाडौं। बीमा कम्पनीहरूको पूँजी वृद्धि अभियानले हालसम्म पूर्णता पाउन सकेको छैन । नेपाल बीमा प्राधिकरणले २०७८ साल चैतमै जीवन बीमा कम्पनीलाई ५ अर्ब रुपैयाँ र निर्जीवनलाई २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी कायम गर्न निर्देशन दिएको थियो । त्यसबमोजिमको पूँजी कायम गर्न प्राधिकरणले २०८० साल असार मसान्तसम्मको समयसीमा तोकेको थियो । समयसीमा सकिएको ५ महीना बितिसक्दासमेत धेरैजसो कम्पनीहरूले तोकिएको चुक्ता पूँजी कायम गर्न सकेका छैनन् । प्राधिकरणका कानून विभाग प्रमुख साम्भराज लामिछानेले पूँजी वृद्धिका लागि तोकिएको समयसीमा सकिए पनि कम्पनीहरूलाई कारबाही नगरिएको जानकारी दिए । गत असार मसान्तसम्म समयसीमा दिएकाले उक्त अवधिसम्मको वार्षिक प्रतिवेदन पारित गर्ने वार्षिक साधारणसभासम्म कम्पनीहरूले छूट पाउनुपर्ने धारणा उनको छ । कतिपय कम्पनीमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) र मर्जर प्रक्रियाका कारण थप पूँजीको निर्णय लिन ढिलाइ भएको उनको भनाइ छ । जीवन बीमा कम्पनीमध्ये मेटलाइफ बाहेक १३ कम्पनीले ५ अर्ब रुपैयाँका दरले पूँजी कायम गर्नुपर्नेछ । तर, हालसम्म यी कम्पनीमध्ये तीनओटाको मात्र तोकिएको पूँजी कायम भएको छ । मर्जर तथा प्राप्तिलाई प्राथमिकता दिई अघि बढेका कम्पनीहरू त्यसपछि अपुग रकमका लागि बोनस र हकप्रद शेयरको विकल्पमा अघि बढेका छन् । १० कम्पनीमध्ये राष्ट्रिय जीवन बीमा कम्पनी (साविक राष्ट्रिय बीमा संस्थान) को चुक्तापूँजी सबैभन्दा कम छ । यो कम्पनीलाई थप २ अर्ब ९७ करोड ५१ लाख ३ हजार रुपैयाँ पूँजी आवश्यक छ ।  सर्वसाधारणमा शेयर निष्कासनका लागि राष्ट्रिय बीमा कम्पनीका रूपमा साविक राष्ट्रिय बीमा संस्थान गत कात्तिक २० गते पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले आगामी दिनमा संस्थापकतर्फबाट ३ अर्ब ५० करोड रुपैयाँ कायम गर्ने र सर्वसाधारणमा आईपीओ बेचेर १ अर्ब ५० करोड रुपैयाँ संकलन गर्ने योजना अघि सारेको छ । यो कम्पनीलाई आईपीओमा जान अझै केही समय लाग्ने देखिन्छ । यो बाहेक रिलायबल नेपाल लाइफले १६ प्रतिशत बोनस शेयरमार्फत ६४ करोड रुपैयाँ पूँजी थप गर्ने योजना बनाएको छ । पुस २४ गतेको कम्पनी सञ्चालक समिति बैठकले १६ प्रतिशत बोनस शेयरको प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको छ । रिलायबल नेपाललाई बोनस शेयरपछि पनि ३६ करोड रुपैयाँ पूँजी आवश्यक हुन्छ ।  ४५ करोड ४४ लाख २८ हजार पूँजी आवश्यक रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले सार्वजनिक सूचनामार्फत पूँजी वृद्धिको योजना सार्वजनिक गरेको छैन । मर्जरमा गइसकेको सूर्यज्योतिले पनि बोनस या हकप्रदलाई नै पूँजी वृद्धिको माध्यम बनाउने देखिन्छ । प्रभु महालक्ष्मी लाइफले अपुग पूँजी संकलन गर्न १७ प्रतिशत हकप्रद शेयर जारी गर्नेछ । त्यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले पनि थप २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ पूँजी हकप्रद शेयरमार्फत संकलन गर्न लागेको छ । कम्पनीले गत असोज २९ गते हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरिसकेको छ । थप १ अर्ब २५ करोड रुपैयाँ पूँजी आवश्यक रहेको सिटिजन लाइफले ५ प्रतिशत बोनस शेयरमार्फत १८ करोड ७५ लाख जुटाउँदै छ । बोनसपछि पनि सिटिजन लाइफलाई थप १ अर्ब ६ करोड रुपैयाँभन्दा बढी पूँजी आवश्यक पर्छ । उक्त पूँजी जुटाउने सम्बन्धमा कम्पनीले निर्णय गर्न बाँकी छ ।  सन नेपाल लाइफ, आइएमई लाइफ, सानिमा रिलायन्स लाइफ र एशियन लाइफले पनि थप पूँजी जुटाउनुपर्नेछ । एशियन लाइफले १ अर्ब ८४ करोड ४७ लाख रुपैयाँ, सन नेपाल लाइफले १ अर्ब ८० करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले ८१ करोड ६० लाख रुपैयाँ र आइएमई लाइफले १ अर्ब रुपैयाँ थप पूँजी जुटाउनुपर्ने देखिन्छ । बोनस र हकप्रदलाई नै सहारा बनाउने निश्चित भए पनि यी कम्पनीले आधिकारिक रूपमा निर्णय गरेका छैनन् ।

महालक्ष्मी लाईफले ९० करोड बराबरको आईपीओ जारी गर्ने

वैशाख २५, काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले रू. ९० करोड बराबरको ९० लाख कित्ता आईपीओ जारी गर्ने भएको छ ।  कम्पनीले आइतवार काठमाडौंको कमलपोखरीस्थित होटल हुकुम, दरबारमा विशेष साधारण सभा सम्पन्न गरी आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको हो ।  नयाँ जीवन बीमा कम्पनीहरु मध्येकै कान्छो कम्पनीको रुपमा सञ्चालित यस कम्पनीले बीमा समितिको निर्देशन बमोजिम पूँजी वृद्धिका लागि आईपीओसहितका योजना अघि सारेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४० करोड रहेको छ । बीमा समितिको निर्देशन बमोजिम कम्पनीलाई रू. ५ अर्ब चुक्तापूँजी कायम गर्नु पर्नेछ । सोही बमोजिम पूँजी कायम गर्ने योजना अनुसार आइतवारको सभाले अधिकृत पूूँजी रू. ५ अर्ब र जारी पूँजी रू. ३ अर्ब कायम हुने गरी पूँजी वृद्धि गर्ने निर्णय गरेको छ ।  पूँजी वृद्धिका लागि आईपीओ सहित तथा मर्जर तथा प्राप्ति प्रक्रियालाई पनि कम्पनीले प्राथमिकतामा राखेको छ । आगामी दिनमा एउटै प्रकृतिका कम्पनीबिच मर्जर तथा प्राप्ति प्रक्रिया अघि बढाउन आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत सभाले गरेको छ । पूँजी वृद्धि योजना बमोजिम अघि बढ्न आइतवार विशेष साधारण सभा सम्पन्न भएपश्चात् बसेको सञ्चालक समितिको ५८ औं बैठकले सञ्चालक सुरेश सापकोटाको संयोजकत्वमा सञ्चालक उमेशलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई सम्मिलित तीन सदस्यीय मर्जर कमिटीसमेत गठन गरेको छ । बीमा समितिले गत चैत्र १० गते पूँजी वृद्धिका लागि सबै बीमा कम्पनीहरुलाई निर्देशन दिएको थियो । पहिलाकै व्यवस्था बमोजिम रू. २ अर्ब चुक्तापूँजी कायम गर्न बाँकी यस कम्पनीले विषेश साधारण सभा गरेर पूँजी वृद्धिको योजना कार्यान्वयनको बाटो खुला गरेको हो ।

महालक्ष्मी लाइफ इन्स्योरेन्सले माघ २७ गते बोलायो साधारण सभा

पुस २९, काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले माघ २७ गते चौंथो वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको प्रधान कार्यालय कमलपोखरी, काठमाडौंमा बिहान ११ बजेबाट शुरु हुने बताइएको छ । कोरोना भाइरस संक्रमणका कारण सभा भर्चुअल माध्यमबाट हुनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनमा छलफल, नाफा नोक्सान हिसाब गर्ने लगायतका प्रस्ताव रहेका छन् । यस्तै, लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि रहेको छ ।  महालक्ष्मी लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । बीमा समितिले तोकेको न्यूनतम २ अर्ब रुपैयाँ चुक्तापूँजी पुयाउन कम्पनीले ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको हो । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आईपीओ निष्कासनपछि उक्त पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

महालक्ष्मी लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने

महालक्ष्मी लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीको सोमबार काठमाडौंमा भएको तेस्रो वार्षिक साधारण सभाले कम्पनीले ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रहेको छ । आईपीओ निष्कासन पछि पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।कम्पनीले चालू आर्थिक् वर्षको दोस्रो […]

६० करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्दै महालक्ष्मी लाईभ इन्स्योरेन्स

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ६० करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीको सोमबार बसेको तेस्रो वार्षिक साधारणसभाले ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने निर्णय गरेको हो ।उक्त सभाले आईपीओ जारी गर्ने प्रस्ताव पारित गरिसकेको र अब छिट्टै आईपीओ निष्काशनको प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।  आईपीओका लागि केहि दिन भित्रै नेपाल धितोपत्र बोर्डमा अनुमति माग्ने र अनुमति लगत्तै आईपीओ जारी गरिने कम्पनीले जानकारी दिएको छ ।सोमबार बसेको इन्स्योेर

महालक्ष्मी लाइफ इन्सुरेन्सले पनि आईपीओे ल्याउने

महालक्ष्मी लाइफ इन्सुरेन्सले आईपीओे प्रस्ताव पारित गराउन फागुन ३ गतेलाई साधारणसभा बोलाउने भएको छ । महालक्ष्मीले  सभामा आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्दैछ । बिमा समितिले तोकेको न्यूनतम २ अर्ब चुक्ता पुँजी पुर्याउन कम्पनीले ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।हाल यस इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आईपीओ बिक्रीपछि यसको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।यस्तै, आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनमा छलफल, नाफा नोक्सान हिसाब पा