झापाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) श्रवणकुमार तिमिल्सिना, अर्घाखाँचीका सीडीओ विष्णु पौडेल र *रुकुम पूर्वका तत्कालीन सीडीओ राजकुमार राई कार्यसम्पादन मूल्यांकनमा सर्वोत्कृष्ट ठहरिएका छन् ।
गृहमन्त्रालयले गरेको कार्यसम्पादन मूल्यांकनमा ए प्लस ग्रेड पाएर तीन सीडीओ मन्त्रालयकै भाषामा ‘अति उत्कृष्ट’ ठहरिएका हुन् ।
गृह मन्त्रालयले गृह प्रशासन सुधार योजनाअन्तर्गत जिल्ला प्रशासनको स्तर वृद्धि गर्न गृह सचिव र सीडीओबीच वार्षिक कार्यसम्पादन सम्झौता भएको थियो ।
सोही सम्झौता कार्यान्वयनलाई लिएर मूल्यांकन गरिएको गृह मन्त्राल...