मैनबत्ती बालेर मनाइयो सहिद सप्ताह [फोटो फिचर]

काठमाडौँ : प्रजातन्त्रका लागि ज्यानको आहुति दिने सहिदको सम्झनामा मैनबत्ती बालेर सहिद सप्ताह सम्पन्न भएको छ । काठमाडौँको सहिदगेटमा आइतबार बेलूकी मैनबत्ती बालेर प्रजातन्त्रका लागि बलिदान दिने सहिदप्रति श्रद्धाञ्जली दिएर सहिद सप्ताह सम्पन्न गरिएको हो ।  विभिन्न संघ सस्था, युवा, विद्यार्थी लगायतले आइतबार विभिन्न कार्यक्रम गरि …

सम्बन्धित सामग्री

माथेमाले सहादत प्राप्त गरेकाे स्थानमा स्मृतिसभा

काठमाडौं- सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गरेकाे स्थानमासाेमबार स्मृति सभा सम्पन्न भएको छ। सहिद सप्ताह मूल समारोह समितिको आयोजनामा प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेकाे दिनमा स्मृतिसभाकाे आयाेजना गरिएको हो। सभा आयाेजना गरिएकाे सिफल उकालाेभन्दा करिब ५ मिटर पूर्वमा २०५३ सालमा माथेमाको अर्धकदको सालिक स्थापना गरिएको थियो। सडक विस्तारका क्रममा शालिक भत्काउनु पर्ने […]

माथेमालाई सम्झन सहिद सप्ताह पर्खिनुपर्‍याे

सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गरेकाे स्थान काठमाडौँको सिफल उकालोमा आज स्मृतिसभा गरी उनलाई सम्झना गरिएको छ ।...

जनयुद्धका सहिदको सपना तेस्रो कार्यकालमा पूरा गर्दै छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ : नेकपा माओवादी केन्द्रले आजदेखि फागुन २१ गतेसम्मलाई सहिद सप्ताहका रूपमा मनाउँदै छ। सहिद तथा बेपत्ता योद्धा परिवारसँग भेटघाट, अन्तरसंवाद, कोणसभा, जनसभा, संगठन विस्तार लगायतका कार्यक्रम गरेर सहिद सप्ताह मनाउन माओवादी केन्द्रले सर्कुलर जारी गरेको छ।आफू सरकारको नेतृत्वमा भएको माओवादीले आज पहिलो दिन ’जनयुद्ध’का प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृति सभा गरेको छ। सभालाई सम्बोधन गर्न गोरखाको बारपाक सुलिकोट पुगेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ढिलै भए पनि आफू तेस्

अर्थ-राजनीति र सहिद सप्ताह

देशले सहिद सप्ताह मनाउँदै छ, तर देशको अर्थ–राजनीति बुझिनसक्नु भएको छ, चरम बेरोजगारी छ । ०४६ को परिवर्तनसँगै देशको मुहार चम्किलो हुने सोचिएको थियो, तर ठीक उल्टो देशको मुहार मलिन छ र देशका सपूतहरू धेरैले जीवनदान पनि गरिसकेका छन् । देशमा पीडा छ, भोक र रोग छ, भय छ र चिन्ता पनि । राजनीति केवल […]

मैनबत्ती बालेर मनाइयो सहिद सप्ताह [फोटोफिचर]

काठमाडौँ : प्रजातन्त्रका लागि ज्यानको आहुति दिने सहिदको सम्झनामा मैनबत्ती बालेर सहिद सप्ताह सम्पन्न भएको छ । काठमाडौँको सहिदगेटमा आइतबार बेलूकी मैनबत्ती बालेर प्रजातन्त्रका लागि बलिदान दिने सहिदप्रति श्रद्धाञ्जली दिएर सहिद सप्ताह सम्पन्न गरिएको हो ।  विभिन्न संघ सस्था, युवा, विद्यार्थी लगायतले आइतबार विभिन्न कार्यक्रम गरि …

सहिद सप्ताह सुरु (फोटोफिचर)

काठमाडौं, १० माघ : आज (सोमबार) बाट सहिद सप्ताह सुरु भएको छ । प्रजातन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा ज्यानको आहूति दिएका सहिदको सम्झनामा हरेक वर्ष १० देखि १६ माघसम्म विभिन्न कार्यक्रम गरी उनीहरूको योगदनाको चर्चासहित सहिद सप्ताह मनाउने गरिएको छ । २०१२ सालदेखि नै काठमाडौं महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष सहिद सप्ताह मनाउन थालिएको हो । प्रजातन्त्र […]

सहिदप्रति श्रद्धाञ्जली वा अवमूल्यन ?

मोहनविक्रम सिंह ।। प्रत्येक साल माघ १० गतेदेखि १६ गतेसम्म सहिद सप्ताह मनाइन्छ । यहाँसम्म कि पञ्चायत कालमा पनि त्यसरी सहिद सप्ताह मनाउने गरिन्थ्यो । आफ्ना सिद्धान्त, उद्देश्य र आस्था वा सहिदका आदर्शबाट विचलत भएका व्यक्तिहरूले पनि सहिद सप्ताहमा सहिदप्रति श्रद्धा र सम्मान प्रकट गर्ने गर्दथे । तर के त्यो वास्तवमा सहिदप्रतिको श्रद्धाञ्जली नै हुन्छ वा ….? गङ्गालाल, शुक्रराज शास्त्री, दशरथ चन्द र धर्मभक्त निरङ्कुश राणाशासन विरुद्धको सङ्घर्षमा सहिद भएका थिए । उनीहरूले लोकतन्त्रको लागि बलिदान दिएका थिए । तर पछि सहिदका आदर्शसित विश्वासघात गर्ने, लोकतन्त्रको हत्या गर्ने वा त्यस प्रकारका कारबाहीमा सहभागी हुने तत्त्वले पनि सहिद सप्ताह मनाउने गरेका छन् । त्यो सिलसिला अहिले पनि चलिरहेको छ । त्यो सहिदप्रतिको सम्मान हो वा उनीहरूको अपमान ? टङ्कप्रसाद आचार्य बाहुन भएको हुनाले उनलाई मृत्युदण्ड नदिएर आजीवन कैदको सजाय दिइएको थियो । त्यसैले उनलाई ‘ज्युँदो सहिद’ बताइन्छ । कतिपय विदेशी लेखकले उनलाई ‘ज्युँदो सहिद’ बताएर किताब पनि लेखेका छन् । तर पछि उनले लोकतन्त्रको हत्या गर्ने राजा महेन्द्रको शाही कदमलाई साथ दिए । २००७ सालको परिवर्तनको सबैभन्दा ठुलो उपलब्धि संविधान सभाको चुनाव थियो । सार्वभौमसत्ता जनतामा हस्तान्तरण हुने र त्यसको परिणामस्वरूप राजतन्त्रको पनि अन्त्य हुने आशङ्काले राजा महेन्द्रले संविधान सभाको चुनाव हुन नदिने षड्यन्त्र गर्न थालेका थिए । त्यो षड्यन्त्रमा टङ्कप्रसाद आचार्य पनि सामेल भएका थिए; र, उनले संविधान सभा विरुद्धको षड्यन्त्रमा राजा महेन्द्रलाई साथ दिएका थिए । त्यसको बदलामा उनलाई प्रधानमन्त्री पनि बनाइएको थियो । त्यसरी यो बुझ्न गाह्रो पर्दैन कि प्रजातन्त्रका लागि लामो सङ्घर्ष, त्याग र बलिदान गरेका एउटा अद्वितीय नेताले प्रधानमन्त्री पदको लागि, आफ्ना व्यक्तिगत स्वार्थको लागि आफ्ना जीवनभरका आदर्शहरूबाट नै विचलन भएको थियो । टङ्कप्रसाद आचार्य र त्यो बेलाका प्रजा–परिषद्का कैयौँ नेताहरूले पनि सहिद सप्ताहको बेलामा भूगोलपार्कको परिक्रमा गरेर सहिदप्रति सम्मान प्रकट गर्ने गर्दथे । उनीहरूको सहिदप्रतिको त्यस प्रकारको सम्मान वा भूगोलपार्कको परिक्रमाको उल्लेख गर्दै काठमाडौँको भद्रगोल जेलमा छँदा मैले एउटा कविता ...

शुक्रराज शास्त्रीको शालिकमा श्रद्धाञ्जली अर्पण गर्दै सहिद सप्ताह शुरु

काठमाडौँको टेकु पचलीस्थित शहिद शुक्रराज शास्त्रीको शालिकमा श्रद्धाञ्जली अर्पण गर्दै सहिद सप्ताह शुरु गरिएको छ । शनिबार सहिद शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिईएको स्थानमा उहाँको शालिकमा माल्यापर्ण तथा श्रद्धाञ्जली सभा गर्दै यस वर्षको सहिद सप्ताहको सुरुवात गरिएको छ । हरेक वर्ष काठमाडौँ महानगरपालिकाले सहिद सप्ताह मनाउने गरेको छ ...

माघ १० गतेदेखि १६ गतेसम्म सहिद दिवसका कार्यक्रम तय

काठमाडौं । माघ १० गतेदेखि १६ गतेसम्म सप्ताहव्यापी रुपमा सहिद दिवसका कार्यक्रम सञ्चालन हुने भएका छन् । महानगरको सभा कक्षमा महानगरका प्रमुख तथा सहिद सप्ताह मुल समारोह समितिका संयोजक बिद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले सप्ताहव्यापी कार्यक्रम तय गरेको हो । जसअनुसार माघ १० गते विहान ०८ः०० बजे टेकु खरिवोटमा शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको स्थानमा श्रद्धाञ्जली सभाबाट कार्यक्रमको थालनी हुनेछ । त्यस्तै माघ १३ गते विहान ०८ः०० बजे सिफलस्थित धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थानमा र माघ १५ गते विहान ०८ः०० बजे गंगाल...

देशभर सहिद सप्ताह सुरू

शुक्रबारदेखि देशभर सहिद सप्ताह सुरु भएको छ । मुलुक र जनताको मुक्तिका लागि आफ्नो ज्यानको आहुति दिने सहिदहरुको