अर्थ-राजनीति र सहिद सप्ताह

देशले सहिद सप्ताह मनाउँदै छ, तर देशको अर्थ–राजनीति बुझिनसक्नु भएको छ, चरम बेरोजगारी छ । ०४६ को परिवर्तनसँगै देशको मुहार चम्किलो हुने सोचिएको थियो, तर ठीक उल्टो देशको मुहार मलिन छ र देशका सपूतहरू धेरैले जीवनदान पनि गरिसकेका छन् । देशमा पीडा छ, भोक र रोग छ, भय छ र चिन्ता पनि । राजनीति केवल […]

सम्बन्धित सामग्री

सिफलमा सहिद माथेमाको सम्झना

सहिद सप्ताहअन्तर्गत आज सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गर्नुभएको स्थान काठमाडौँको सिफल उकालोमा स्मृतिसभा गरी उहाँलाई सम्झाना गरिएको छ । सहिद सप्ताह मूल समारोह समिति काठमाडौँ महानगरपालिकाको आयोजना प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको स्थानमा स्मृतिसभा गरिएको हो । कामपाले यही माघ १० गतेदेखि माघ १६ गतेसम्म सहिद सप्ताह कार्यक्रम गर्दै आएको छ …

माथेमालाई सम्झन सहिद सप्ताह पर्खिनुपर्‍याे

सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गरेकाे स्थान काठमाडौँको सिफल उकालोमा आज स्मृतिसभा गरी उनलाई सम्झना गरिएको छ ।...

मैनबत्ती बालेर मनाइयो सहिद सप्ताह [फोटोफिचर]

काठमाडौँ : प्रजातन्त्रका लागि ज्यानको आहुति दिने सहिदको सम्झनामा मैनबत्ती बालेर सहिद सप्ताह सम्पन्न भएको छ । काठमाडौँको सहिदगेटमा आइतबार बेलूकी मैनबत्ती बालेर प्रजातन्त्रका लागि बलिदान दिने सहिदप्रति श्रद्धाञ्जली दिएर सहिद सप्ताह सम्पन्न गरिएको हो ।  विभिन्न संघ सस्था, युवा, विद्यार्थी लगायतले आइतबार विभिन्न कार्यक्रम गरि …

आज सहिद दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं : प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदै छ। सहिदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ। यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरूबाट सहिदको सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिँदै आएको छ।माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह

सहिद दिवस : हुकुमी शासनविरुद्ध त्यो विद्रोह

काठमाडौं – आइतबार सहिद दिवसको अवसरमा विभिन्न कार्यक्रम हुँदैछन्। माघ १० गतेदेखि सुरु भएको सहिद सप्ताह अन्तर्गत आइतबार प्रधानमन्त्रीको उपस्थितिमा विशेष कार्यक्रम हुँदैछ। बिहान ९ बजे सहिद स्मारक लैनचौरमा सहिद स्मृति कार्यक्रम हुन लागेको हो। कार्यक्रममा प्रधानमन्त्रीसहित सीमित उच्च विशिष्ट व्यक्तिको उपस्थितिमा ज्ञात अज्ञात सहिदको स्मरणमा मौनधारण गरिनेछ। सहिद गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्ममक्त माथेमा […]

सहिद सप्ताहको पहिलो दिन शुक्रराजको सम्झना

पारिवारिक रुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पु¥याउने चार सहिदको सम्झनामा सोमबारबाट सहिद सप्ताह सुरु भएको छ ।सप्ताहको पहिलो दिन शुक्रराज शास्त्रीको शालिकमा पुष्पगुच्छा अर्पण गरिएको छ । काठमाडौँको टेकु पचलीस्थित सहिद शास्त्रीलाई प्राणदण्ड दिइएको स्थानमा पुगेर कामपाका प्रमुख विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठसहित पदाधिकारीले पुष्पगुच्छा अर्पण गरेका थिए ।शुक्रराजको जन्म विसं […]

सहिद सप्ताह सुरु (फोटोफिचर)

काठमाडौं, १० माघ : आज (सोमबार) बाट सहिद सप्ताह सुरु भएको छ । प्रजातन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा ज्यानको आहूति दिएका सहिदको सम्झनामा हरेक वर्ष १० देखि १६ माघसम्म विभिन्न कार्यक्रम गरी उनीहरूको योगदनाको चर्चासहित सहिद सप्ताह मनाउने गरिएको छ । २०१२ सालदेखि नै काठमाडौं महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष सहिद सप्ताह मनाउन थालिएको हो । प्रजातन्त्र […]

सहिदप्रति श्रद्धाञ्जली वा अवमूल्यन ?

मोहनविक्रम सिंह ।। प्रत्येक साल माघ १० गतेदेखि १६ गतेसम्म सहिद सप्ताह मनाइन्छ । यहाँसम्म कि पञ्चायत कालमा पनि त्यसरी सहिद सप्ताह मनाउने गरिन्थ्यो । आफ्ना सिद्धान्त, उद्देश्य र आस्था वा सहिदका आदर्शबाट विचलत भएका व्यक्तिहरूले पनि सहिद सप्ताहमा सहिदप्रति श्रद्धा र सम्मान प्रकट गर्ने गर्दथे । तर के त्यो वास्तवमा सहिदप्रतिको श्रद्धाञ्जली नै हुन्छ वा ….? गङ्गालाल, शुक्रराज शास्त्री, दशरथ चन्द र धर्मभक्त निरङ्कुश राणाशासन विरुद्धको सङ्घर्षमा सहिद भएका थिए । उनीहरूले लोकतन्त्रको लागि बलिदान दिएका थिए । तर पछि सहिदका आदर्शसित विश्वासघात गर्ने, लोकतन्त्रको हत्या गर्ने वा त्यस प्रकारका कारबाहीमा सहभागी हुने तत्त्वले पनि सहिद सप्ताह मनाउने गरेका छन् । त्यो सिलसिला अहिले पनि चलिरहेको छ । त्यो सहिदप्रतिको सम्मान हो वा उनीहरूको अपमान ? टङ्कप्रसाद आचार्य बाहुन भएको हुनाले उनलाई मृत्युदण्ड नदिएर आजीवन कैदको सजाय दिइएको थियो । त्यसैले उनलाई ‘ज्युँदो सहिद’ बताइन्छ । कतिपय विदेशी लेखकले उनलाई ‘ज्युँदो सहिद’ बताएर किताब पनि लेखेका छन् । तर पछि उनले लोकतन्त्रको हत्या गर्ने राजा महेन्द्रको शाही कदमलाई साथ दिए । २००७ सालको परिवर्तनको सबैभन्दा ठुलो उपलब्धि संविधान सभाको चुनाव थियो । सार्वभौमसत्ता जनतामा हस्तान्तरण हुने र त्यसको परिणामस्वरूप राजतन्त्रको पनि अन्त्य हुने आशङ्काले राजा महेन्द्रले संविधान सभाको चुनाव हुन नदिने षड्यन्त्र गर्न थालेका थिए । त्यो षड्यन्त्रमा टङ्कप्रसाद आचार्य पनि सामेल भएका थिए; र, उनले संविधान सभा विरुद्धको षड्यन्त्रमा राजा महेन्द्रलाई साथ दिएका थिए । त्यसको बदलामा उनलाई प्रधानमन्त्री पनि बनाइएको थियो । त्यसरी यो बुझ्न गाह्रो पर्दैन कि प्रजातन्त्रका लागि लामो सङ्घर्ष, त्याग र बलिदान गरेका एउटा अद्वितीय नेताले प्रधानमन्त्री पदको लागि, आफ्ना व्यक्तिगत स्वार्थको लागि आफ्ना जीवनभरका आदर्शहरूबाट नै विचलन भएको थियो । टङ्कप्रसाद आचार्य र त्यो बेलाका प्रजा–परिषद्का कैयौँ नेताहरूले पनि सहिद सप्ताहको बेलामा भूगोलपार्कको परिक्रमा गरेर सहिदप्रति सम्मान प्रकट गर्ने गर्दथे । उनीहरूको सहिदप्रतिको त्यस प्रकारको सम्मान वा भूगोलपार्कको परिक्रमाको उल्लेख गर्दै काठमाडौँको भद्रगोल जेलमा छँदा मैले एउटा कविता ...

माघ १० गतेदेखि १६ गतेसम्म सहिद दिवसका कार्यक्रम तय

काठमाडौं । माघ १० गतेदेखि १६ गतेसम्म सप्ताहव्यापी रुपमा सहिद दिवसका कार्यक्रम सञ्चालन हुने भएका छन् । महानगरको सभा कक्षमा महानगरका प्रमुख तथा सहिद सप्ताह मुल समारोह समितिका संयोजक बिद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले सप्ताहव्यापी कार्यक्रम तय गरेको हो । जसअनुसार माघ १० गते विहान ०८ः०० बजे टेकु खरिवोटमा शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको स्थानमा श्रद्धाञ्जली सभाबाट कार्यक्रमको थालनी हुनेछ । त्यस्तै माघ १३ गते विहान ०८ः०० बजे सिफलस्थित धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थानमा र माघ १५ गते विहान ०८ः०० बजे गंगाल...

देशभर सहिद सप्ताह सुरू

शुक्रबारदेखि देशभर सहिद सप्ताह सुरु भएको छ । मुलुक र जनताको मुक्तिका लागि आफ्नो ज्यानको आहुति दिने सहिदहरुको