जनता माओवादीको हातमा देशको चाबी दिन चाहन्छन् : दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्र आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पहिलो कम्युनिष्ट पार्टी बन्ने दाबी गरेका छन् । स्थानीय तह निर्वाचनको सन्देश जनताले माओवादी पार्टीको हातमा देश सञ्चालनको चाबी दिन चाहेको देखिएको दाहालको भनाइ थियो ।