रुकुम पश्चिम – नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा सङ्गठन विभाग प्रमुख जनार्दन शर्मा प्रभाकरले देश माओवादीकै एजेन्डामा आएको बताउनुभएको छ । नेपाल सरकारका अर्थमन्त्रीसमेत रहनुभएका शर्माले सबै खालका सकारात्मक परिवर्तन माओवादीको एजेन्डा भएकाले परिवर्तनको वाहक पार्टी माओवादीमात्रै भएको दाबी गर्नुभयो ।
अर्थमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला रुकुम पश्चिम आउनुभएका शर्माले आज शुक्रवार जिल्लाका विभिन्न पालिकामा आयोजना गरिएका माओवादी केन्द्रका गाउँ तथा नगरपालिकास्तरीय सम्मेलनको उद्घाटन गर्नुहुँ...