सहरी विकासमन्त्री सीता गुरुङले विपद् व्यवस्थापनको सन्दर्भमा काम गर्दा घटना हुनुपूर्वको तयारीलाई विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजनामा ‘पुनर्लाभबाट उत्थानशीलतासम्म नेपालको हरित, उत्थानशील तथा समावेशी विकास मार्गतर्फको घोषणा कार्यान्वयन गर्ने’ सम्बन्धमा मंगलबारदेखि सुरु पहिलो राष्ट्रिय भेला’लाई सम्बोधन गर्दै मन्त्री गुरुङले प्राधिकरणले पूर्वतयारीलाई आत्मसात् गर्दै कार्ययोजना बनाएर अघि …