पर्वत : पोखरा महानगरपालिकाले फेवातालबाट ६५ मिटरभित्र कुनै पनि प्रकारको नयाँ संरचना निर्माण नगर्न निर्देशन दिएका छन्। नगर प्रमुख धनराज आचार्यले सर्वोच्च अदालतको अन्तरिम आदेश अनुसार फेवातालदेखि ६५ मिटरभित्र कुनै पनि नयाँ संरचना बनाउन नपाइने भनिएकाले नियम पालन गर्न निर्देशन दिएका छन्। उनले अदालतको पूर्ण फैसला नआएसम्म तोकिएको दूरीमा कुनै पनि नयाँ संरचना नबनाउन तथा निर्माणको क्रममा रहेको भए तत्काल काम रोक्न नगरप्रमुख आचार्यले निर्देशन दिएका छन्।ताल किनारका विभिन्न स्थानको अवलोकनका क्रममा के