मन्त्रिपरिषद निर्णय :  संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

सरकारले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनकाअनुसार आज राती १२ बजेबाट लागू हुनेगरी मन्त्रिपरिषदले उक्त सिफारिस गरेको हो ।मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति समक्ष संसदको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो । गत भदौ २३ मा सुरु भएको संसदको दशौं अधिवेशन एमालेका कारण लगातार अवरुद्ध हुँदै आएको छ ।संसदको दशौं अधिवेशनबाट एमसीसी सम्झौता अनुमोदन हुनुका साथै प्रधानन्यायाधीश चोले

सम्बन्धित सामग्री

राष्ट्रपतिले गरिन् प्रतिनिधिसभाको अधिवेशन अन्त्य

१ असोज, काठमाडौं । प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको निर्णय अनुसार प्रतिनिधिसभाको चालु अधिवेशन असोज १ गते राति १२ बजेदेखि अन्त्य गरेकी हुन् । शनिबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिले संसद अधिवेशन अन्त्य गरेको जानकारीसहितको पत्र सभामुख अग्निप्रसाद सापकोटाले वाचन गरेर सुनाए । शनिबारको प्रतिनिधिसभा बैठकमा दलका शीर्ष नेताहरुले सम्बोधन गरेका थिए […]

भोलि राति १२ बजेबाट संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले भोलि असोज १ गते राति १२ बजेबाट संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ ।  शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरेको हो ।  ‘भोलि राती १२ बजेपछि संसद अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ’, संस्कृति पर्यटन तथा नागरिक […]

भोलि राति १२ बजेबाट संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

सरकारले भोलि असोज १ गते राति १२ बजेबाट संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ ।  शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरेको हो । ‘भोलि राती १२ बजेपछि संसद अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषद बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ’, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । यसअघि राजनीतिक दलहरुबीच संसदको कार्यकालबारे विव

एमालेको निष्कर्ष : महाअभियोग प्रस्ताव लम्ब्याउन संसद अधिवेशन अन्त्य

२ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि निर्णय नगर्न सरकारले संसद अधिवेशन अन्त्य गरेको निष्कर्ष निकालेको छ । बुधबार बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलले अदालतलाई गिजोल्न महाअभियोग प्रस्ताव ल्याएको र अहिले अनावश्यक लम्ब्याइरहेको बताए । ‘यसलाई जतिसक्दो लिंगरिङ गर्ने, जतिसक्दो ढिलो गर्ने, […]

संसद अधिवेशन अन्त्य

काठमाडौँ – सरकारले संघीय संसदको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राति १२ बजेदेखि संघीय संसदको दुवै सदनको अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको हो। संसदको जारी अधिवेशन मंसिर २८ गते आह्वान भएको थियो। यो अधिवेशनको प्रारम्भदेखि नै प्रतिपक्षी एमालेले संसदमा नाराबाजी र अवरोध गर्दै आएको […]

संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

मन्त्रिपरिषदको बैठकले चालू संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको एक मन्त्रीले बताए ।  बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले शुक्रबार मध्यरातदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गर्न लागेको हो । गत भदौ २३ गतेदेखि सुरु भएको प्रतिनिधिसभाको नवौं अधिवेशनको १३ वटा बैठक नेकपा एमालेले अवरोध गरेको थियो । प्रमुख प्रतिपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभाको यो अधिवेशन बेकामे बनेको थियो ।

संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय!

काठमाडौँ- सरकारले संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। विपक्षीको अवरोध र विरोध प्रदर्शनका कारण संसद अधिवेशन अगाडि बढाउन नसकेपछि सरकारले बिहीबार संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। मन्त्रिपरिषद् बैठक बिहीबार तीन बजे सिंहदरबारमा बस्ने कार्यक्रम छ।

सभामुखसँग छलफल नै नगरी संसद अधिवेशन अन्त्य

काठमाडौं । सभामुखसँग सामान्य छलफल र परामर्श नै नगरी सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले आजैबाट लागु हुनेगरी संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । मन्त्रिपरिषदको निर्णय लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबारै अधिवेशन अन्त्यको घोषणा गरेकी हुन् । सामान्यतया संसद अधिवेशन सुरु र अन्त्य गर्दा सरकारले सभामुखसँग समेत परामर्श गर्ने प्रचलन छ । तर, प्रधानमन्त्री र सभामुखबीच सुमधुर सम्बन्ध नभएकाले यस्ता छलफल हुन छाडे

राष्ट्रपति भण्डारीद्वारा संसद अधिवेशन अन्त्य

काठमाडौं : मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार अपराह्न १ बजेदेखि संसद अधिवेशन अन्त्य गरेकी छन्। आज विहान बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि सिफारिस गरेको थियो । आज बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले सोमबार दिउँसो १ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेको छ । आज सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको हो । हिउँदे अधिवेशन २३ फागुनबाट बसेको थियो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ । The post संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.