संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेको छ । आज सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको हो । हिउँदे अधिवेशन २३ फागुनबाट बसेको थियो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ । The post संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

संघीय संसद्को दुवै सदनको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य

काठमाण्डाै – संघीय संसद्को दुवै सदनको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको निर्णय अनुसार प्रतिनिधिसभाको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्नुभएको हो । संसद् अधिवेशन अन्त्य भएसँगै राष्ट्रियसभाको भोलिका लागि निर्धारित बैठक स्वतः अन्त्य भएको राष्ट्रियसभाले निकालेको  सूचनामा उल्लेख छ । यस्तै प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिले संसद अधिवेशन अन्त्य गरेको जानकारीसहितको पत्र सभामुख अग्निप्रसाद सापकोटाले वाचन गरेर सुनुाउनुभयो । आजको प्रतिनिधिसभा ...

राष्ट्रपति भण्डारीले गरिन् प्रतिनिधिसभाको अधिवेशन अन्त्य

काठमाडौँ । प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको निर्णय अनुसार प्रतिनिधिसभाको चालु अधिवेशन असोज १ गते राति १२ बजेदेखि अन्त्य गरेकी हुन् । शनिबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिले संसद अधिवेशन अन्त्य गरेको जानकारीसहितको पत्र सभामुख अग्निप्रसाद सापकोटाले वाचन गरेर सुनाए । शनिबारको प्रतिनिधिसभा बैठकमा दलका शीर्ष नेताहरुले सम्बोधन गरेका थिए । सभामुख […]

राष्ट्रपतिले गरिन् प्रतिनिधिसभाको अधिवेशन अन्त्य

१ असोज, काठमाडौं । प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको निर्णय अनुसार प्रतिनिधिसभाको चालु अधिवेशन असोज १ गते राति १२ बजेदेखि अन्त्य गरेकी हुन् । शनिबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिले संसद अधिवेशन अन्त्य गरेको जानकारीसहितको पत्र सभामुख अग्निप्रसाद सापकोटाले वाचन गरेर सुनाए । शनिबारको प्रतिनिधिसभा बैठकमा दलका शीर्ष नेताहरुले सम्बोधन गरेका थिए […]

सरकारका प्रवक्ता भन्छन् : बिजनेस नभएकाले संसद अधिवेशन अन्त्य गर्‍यौं

६ वैशाख, काठमाडौं । सरकारले संसदमा बिजनेस नभएका कारण अधिवेशन अन्त्य गरेको प्रष्टीकरण दिएको छ । सोमबार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन अन्त्य गरेकी थिइन् । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले संसदमा विजनेस नै नभएको र कोरोना महामारीको जोखिम पनि बढेकाले अधिवेशन अन्त्य गरेको […]

संसद अधिवेशन आजै अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

६ वैशाख, काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको हो । सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ …

सभामुखसँग छलफल नै नगरी संसद अधिवेशन अन्त्य

काठमाडौं । सभामुखसँग सामान्य छलफल र परामर्श नै नगरी सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले आजैबाट लागु हुनेगरी संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । मन्त्रिपरिषदको निर्णय लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबारै अधिवेशन अन्त्यको घोषणा गरेकी हुन् । सामान्यतया संसद अधिवेशन सुरु र अन्त्य गर्दा सरकारले सभामुखसँग समेत परामर्श गर्ने प्रचलन छ । तर, प्रधानमन्त्री र सभामुखबीच सुमधुर सम्बन्ध नभएकाले यस्ता छलफल हुन छाडे

संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

न्युज अफ नेपाल काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले आज १ बजेदेखि हिउँदे अधिवेशन अन्त्य गर्ने गरी राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो। पुनर्स्थापित प्रतिनिधि सभाको हिउँदे अधिवेशन फागुन २३ बाट शुरु भएको थियो। पुस ५ गते प्रधानमन्त्री ओलीले विघटन गरेको प्रतिनिधि सभालाई सर्वोच्च अदलातले फागुन ११ गते बदर गरेपछि […]

संसद अधिवेशन आजैदेखि अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं। सरकारले आजैदेखि लागू हुनेगरी संसदको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले दिउँसो १ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्यको निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। ५ पुसमा विघटन गरिएको संसद ११ फागुनमा सर्वोच्चले पुनस्र्थापना गरेपछि २३ फागुनमा अधिवेशन सुरु भएको थियो।