काठमाडौं । सभामुखसँग सामान्य छलफल र परामर्श नै नगरी सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले आजैबाट लागु हुनेगरी संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । मन्त्रिपरिषदको निर्णय लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबारै अधिवेशन अन्त्यको घोषणा गरेकी हुन् । सामान्यतया संसद अधिवेशन सुरु र अन्त्य गर्दा सरकारले सभामुखसँग समेत परामर्श गर्ने प्रचलन छ । तर, प्रधानमन्त्री र सभामुखबीच सुमधुर सम्बन्ध नभएकाले यस्ता छलफल हुन छाडे