काठमाडौँ । सरकारले भोलि असोज १ गते राति १२ बजेबाट संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरेको हो । ‘भोलि राती १२ बजेपछि संसद अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ’, संस्कृति पर्यटन तथा नागरिक […]