विद्युत प्राधिकरणको भरतपुर वितरण केन्द्रको बक्यौता साढे ४३ करोड, 'नतिर्नेलाई कालोसूचीमा'

चितवन । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले साढे ४३ करोड रुपैयाँभन्दा बढी विद्युत महसुल बक्यौता रहेको जनाएको छ । प्राधिकरणको भरतपुर वितरण केन्द्रका अनुसार विद्युत बक्यौताबापतको ४३ करोड ५५ लाख ७८ हजार रुपैयाँ महसुल उठ्न बाँकी छ ।  वितरण केन्द्रका अनुसार ६० दिनभन्दा बढी समय नाघेका ग्राहकको मात्रै ३५ करोड ४१ लाख ५३ हजार १६५ रुपैयाँ विद्युत महसुल उठ्न बाँकी छ । दुई वर्षभन्दा माथिको १० करोड ५६ लाख ४४ हजार रुपैयाँ बक्यौता रकम उठाउन बाँकी रहेको तथ्यांक छ ।  दुई महिनादेखि ६ महीनासम्मको चार करोड ९८ लाख २० हजार, ६ महीनादेखि १२ महीनासम्मको दुई करोड आठ लाख २८ हजार, १२ महीनादेखि २४ महीनासम्मको तीन करोड २९ लाख, ५८ हजार रुपैयाँ उठ्न बाँकी रहेको विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए । कोरोना भाइरसको महामारीको चपेटामा परेका उद्योगहरूलाई सरकारले दिन भनेको विद्युत महसुल रकमको छूट प्राधिकरणलाई अझै तिरेका छैनन् । दुई वर्षभन्दा बढीको १३ करोड ८७ लाख १६ हजार रुपैयाँ प्राधिकरणलाई कतिपय सरकारी संस्थाले दिन बाँकी रहेको पौडेलको  भनाइ छ ।  भरतपुरका सिँचाइ, सडक बत्तीको पनि बक्यौता उठ्न बाँकी छ । भरतपुर महानगरपालिकाले पनि सडक बत्तीको रकम नियमित तिरेको छैन । सडक बत्तीको मात्रै १२ करोड ६ हजार रुपैयाँ विद्युत महशुल तिर्न बाँकी रहेको प्राधिकरणको तथ्यांक छ । कालोसूचीमा परेका दुई सय ६७ जना ग्राहकबाट ७३ लाख रुपैयाँ उठ्न बाँकी छ ।  घरायसी बिजुलीको आठ करोड ६८ लाख १९ हजार, संस्थागत ७७ लाख १५ हजार, व्यवसायी  तीन करोड ११ लाख आठ हजार, सामाजिक संस्थाहरूको एक करोड १५ लाख १० हजार बक्यौता रहेको वितरण केन्द्रले जानकारी दिएको छ । मनोरञ्जन क्षेत्रको पाँच लाख ६९ हजार ६ सय ६७, औद्योगिक क्षेत्रको दुई करोड ९२ लाख ४१ हजार, खानेपानीको तीन लाख ४० हजार, अस्थायी, यातायात क्षेत्रको २० लाख, धार्मिक संघ संस्था र सामाजिक संघ संस्था, राजनीतिक संस्था लगायतले पनि तिर्न बाँकी रहेको उनले जानकारी दिए ।   उद्योग र व्यावसायिक प्रतिष्ठानले पनि तिरेनन् महसुल    जिल्लाका कतिपय उद्योग र व्यावसायिक प्रतिष्ठानले पनि नियमित रूपमा विद्युत महसुल तिरेका छैनन् । सबैभन्दा धेरै इको पोलोमरले नौ लाख ९९ हजार रुपैयाँ तिर्न बाँकी छ । यो रकम उद्योगको चार महीनाको बक्यौता हो । अनमोल फिड्सले ६ महीनादेखि विद्युत महसुल तिरेको छैन । फिड्सको आठ लाख ३० हजार रुपैयाँ तिर्न बाँकी छ ।  शक्ति प्लाष्टिक उद्योगले सात महीनाको ६ लाख १३ हजार, डेलिमा केटारले ६ महीनाको चार लाख ७९ हजार, लेक ट्वान्टी फार्मर एण्ड रिसोर्टले चार महीनाको चार लाख ५२ हजार, इनर्जि फुडले १२ महीनाको चार लाख २२ हजार, फोर सिजन रेष्टुरेण्टले पाँच महीनाको ३ लाख ७९ हजार, लाइम एण्ड लेमन क्याफेले चार महीनाको तीन लाख ५८ हजार रुपैयाँ नतिरेको पौडेलले बताए ।  बक्यौता रकम बढी हुन थालेपछि दुई महीनाभन्दा बढी समयदेखि विद्युत महसुुल नतिरेका ग्राहकहरूको लाइन काट्ने तयारी गरिएको छ । अभियान नै सञ्चालन गरेर दुई महीनादेखि विद्युत महसुल नतिरेका ग्राहकको आइतवारदेखि विद्युत लाइन काट्न लागेको केन्द्रका इन्जिनियर पौडेलले जानकारी दिए । ‘दुई महीनादेखि नतिर्ने ग्राहकको लाइन काट्दैछौं,’ उनले भने, ‘६ महीनाभन्दा बढी समय नतिर्नेलाई कालोसूचीमा राख्दैछौं ।’  हालसम्म केन्द्रले दुई सय ६७ ग्राहकलाई कालोसूचीमा राखेको छ, जसबाट ७३ लाख तीन हजार रुपैयाँ रकम उठ्न बाँकी छ । हालसम्म घरयासी बिजुलीका दुई सय १४ ग्राहक कालोसूचीमा परेको उनले जानकारी दिए । ३९ वटा उद्योग, ६ वटा संस्थागत, तीन वटा वाटर सप्लाईलाई कालोसूचीमा राखिएको छ ।

सम्बन्धित सामग्री

भरतपुरमा विद्युत वितरण लाइन भूमिगत गर्न शुरु

नेपाल विद्युत प्राधिकरणले भरतपुर वितरण केन्द्र अन्तर्गत क्षेत्रको विद्युत वितरण प्रणालीलाई भूमिगत गरी सुदृढीकरणसहित स्वचालित बनाउन शुरु गरेको छ ।

चितवनमा विद्युत् वितरण लाइन भूमिगत गर्न सुरु : प्रचण्ड र कुलमानद्वारा शिलान्यास

चितवन – नेपाल विद्युत् प्राधिकरणले भरतपुर वितरण केन्द्र अन्तर्गत क्षेत्रको विद्युत् वितरण प्रणालीलाई भूमिगत  गरी सुदृढीकरणसहित स्वचालित बनाउन सुरु गरेको छ । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार निर्माण कार्यको शिलान्यास गर्नुभएको हो । पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत भरतपुरका मुख्य सहरी क्षेत्रहरुमा ३३ केभी लाइन ३६ किलोमिटर, ११ केभी लाइन ७५ किलोमिटर, ४०० भोल्टको ७० किलोमिटर लाइनल...

भरतपुरमा विद्युत वितरण लाइन भूमिगत गर्न सुरु, प्रचण्डले गरे शिलान्यास

चितवन :  नेपाल विद्युत प्राधिकरणले भरतपुर वितरण केन्द्र अन्तर्गत क्षेत्रको विद्युत वितरण प्रणालीलाई भूमिगत  गरी सुदृढीकरणसहित स्वचालित बनाउन सुरु गरेको छ।पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार निर्माण कार्यको शिलान्यास गरेका छन्।पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत भरतपुरका मुख्य सहरी क्षेत्रहरूमा ३३ केभी लाइन ३६ किलोमिटर, ११ केभी लाइन ७५ किलोमिटर, ४०० भो

भरतपुरमा विद्युत् वितरण लाइन भूमिगत गर्न सुरु

नेपाल विद्युत् प्राधिकरणले भरतपुर वितरण केन्द्र अन्तर्गत क्षेत्रको विद्युत् वितरण प्रणालीलाई भूमिगत  गरी सुदृढीकरणसहित स्वचालित बनाउन सुरु गरेको छ । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार निर्माण कार्यको शिलान्यास गरेका हुन् ।पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत भरतपुरका मुख्य सहरी क्षेत्रहरूमा ३३ केभी लाइन ३६ किलोमिटर, ११ केभी लाइन ७५ किलोमिटर, ४०० भोल्टको ७०

विद्युत् पोलको भाडा तिर्न थाले इन्टरनेट र केबल व्यवसायी

नेपाल विद्युत् प्राधिकरणको पोललगायत विद्युतीय संरचना प्रयोग गरेर भाडा तिर्न अटेरी गर्दै आएका टेलिफोन, इन्टरनेट र केबल टेलिभिजन सेवा प्रदायकहरूले बक्यौता बुझाउन थालेका छन् । बक्यौता असुल्नेमा प्राधिकरणको भरतपुर वितरण केन्द्र आक्रामक देखिएको छ । प्राधिकरणका अनुसार उक्त वितरण केन्द्रले हालसम्ममा करिब ८१ लाख रुपैयाँ बक्यौता असुल गरिसकेको छ ।

पोल भाडा नतिर्ने इन्टरनेट तथा केबुल कम्पनीको तार विस्तारमा रोक

चितवन : नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ दोस्रो पटक नियुक्त भएपछि इन्टरनेट तथा केबुल कम्पनीविरुद्ध विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्र आक्रामक बनेको छ। विद्युत्‍को पोल प्रयोग गरेबापतको राजस्व नतिर्ने कम्पनीको तार काट्नेदेखि तार विस्तारमा समेत रोक लगाइएको छ।घिसिङले अघिल्लो कार्यकालको २०७६ बैशाख २० गते पोल भाडा तिर्ने विषयमा सम्झौता नगर्ने इन्टरनेट तथा केबुल कम्पनीको तार काट्न मातहतका निकायलाई निर्देशन दिएका थिए। त्यसलगत्तै कम्पनीहरु आन्दोलित भएका थिए। सम्झौताका

आज वाग्मती प्रदेश र प्रदेश-२ का विभिन्न ठाउँमा १० घण्टासम्म बत्ती जाने

काठमाण्डाै - देशका विभिन्न ठाउँमा आज पनि बत्ती जाने भएको छ । नेपाल विद्युत प्राधिकरणले निकालेको सूचनाअनुसार प्रदेश-२ र वाग्मती प्रदेशका विभिन्न ठाउँमा १० घण्टासम्म बत्ती जाने भएको हो । प्रदेश-२ को जनकपुरमा रहेको सिमरा वितरण केन्द्र अन्तर्गत ११ केभी क्षमताको पर्वानीपुर इन्ड्रष्ट्रीयल फिडर अन्तर्गत पर्ने जितपुर क्षेत्रका उद्योगहरुमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बत्ती जाँदैछ । यस्तै वाग्मती प्रदेशको भरतपुर वितरण केन्द्र अन्तर्गत कल्याणपुर फिडर, भरतपुर २ फिडर, भृकुटी फिडर र इन्ड्रष्ट्रीयल २ फिडर अन्तर्गतका क्षेत्रहरुमा पनि आज ला...