दाङ : एमाले महासचिव शंकर पोखरेलले मतदान गरेका छन्। एमालेका महासचिव तथा लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले तुलसीपुर–१९ को जनता विद्यापिठ मतदान केन्द्रबाट मतदान गरेका हुन्। दाङमा विहान ७ बजेदेखि निर्वाचन भएको छ। जिल्लाका १० स्थानीय तहमा २ लाख ८०१ जना पुरुष र २ लाख ९ हजार ९९ जना महिला र अन्य २ जना गरी ४ लाख ९ हजार ९०२ जना मतदाताले मतदान गर्नेछन्।