जेठ ६ गतेका लागि तय भएको बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई मत हाल्न एमालेले ह्वीप जारी गरेको छ ।
एमाले महासचिव ईश्वर पोखरेलले सूर्य चिन्हमा मतदान गर्न भन्दै पार्टीका तर्फबाट प्रदेश तथा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई पत्र पठाउँदै ह्वीप जारी गरेका हुन् ।
बागमतीमा एमालेको तर्फबाट गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादल उम्मेदवार रहेका छन् । एमालेमा विवाद रहँदा माधव कुमार नेपाल पक्ष समेतको सहमतिमा खिमलाल देवकोटालाई विपक्षी गठबन्धनबाट उम्मेदवार बनाइएको ...