काठमाडौं । आसन्न एभरेस्ट महिला भलिबल लिगमा गण्डकी थन्डरले रुसी खेलाडी भित्र्याएको छ । एलिसा त्रुब्युकलाई आबद्ध गरिएको गण्डकी थन्डरले जनाएको छ । प्रतियोगितामा ६ वटा फ्रेन्चाइज टोली सहभागी हुँदैछन् । उनीहरुले अहिले धमाधम विदेशी खेलाडी भित्र्याइरहेका छन् । गण्डकीमा आबद्ध हुने एलिसा पहिलो विदेशी खेलाडी हुन् ।
२६ पुस, काठमाडौं । शीर्ष डिभिजनमा डेब्यूको तयारीमा रहेको एफसी खुमलटारले नेपालमा स्थापित स्ट्राइकरहरु मेसुके ओलोमोउ र स्टेफन विनोङसहित तीन विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ । अघिल्लो सिजन न्युरोड टिम (एनआरटी)बाट ए डिभिजन लिग खेलेका मेसुके र स्टेफनले हालै पोखरामा सम्पन्न आहा रारा पोखरा गोल्डकपमा संकटालाई उपाधि दिलाउन महत्वपूर्ण भूमिकामा थिए । यी दुईको प्रमुख […]
नेपाल सुपर लिग खेल्नका लागि ललितपुर सिटी एफसीले विदेशी खेलाडी भित्र्याएको छ । क्लबले नाइजेरियन खेलाडी पिटर सेगुनलाई टिममा आबद्ध गरेको हो । उनी यसअघि नै थ्रीस्टार, मछिन्द्र क्लबलगायतबाट खेल्दै आएका थिए । पिटरले पछिल्लो पटक मछिन्द्र क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेलेका थिए । उनी नेपालको दुई फरक क्लबबाट लिग च्याम्पियन बनेका खेलाडी हुन् । ललितपुरले विदेशी खेलाडीको रुपमा क्रोएसियाका भिलिम पोनिस्कोभिक र अजरबैजानका नुर्लान जाहिद नोभ्रजोभलाई पनि टिममा आबद्ध गरिसकेको थियो ।
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) आयोजनाबारे चौतर्फी प्रश्न उठिरहँदा नवप्रवेशी फ्रेन्चाइज टोली स्पोर्टिङ इलाम एफसी डे मेचीले तीन विदेशी खेलाडी अनुबन्धन सार्वजनिक गरेको छ । नेपालमै ए डिभिजन लिग खेलेका डिफेन्डर पिटर सेगुन, मिडफिल्डर नाथानिएल गार्सिया र फरवार्ड अजायी मार्टिन्स इलाममा अनुबन्धित भएका हुन् । पिटर र मार्टिन्स लामो समयदेखि घरेलु फुटबलमा […]
काठमाडौं। असोज ३ गतेबाट हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि न्युरोड टिम (एनआरटी)ले विदेशी खेलाडीको रुपमा दुई अफ्रिकन खेलाडीलाई क्लबमा अनुबन्ध गरेको छ। एनआरटीले शनिबार पत्रकार सम्मेलन गर्दै मिडफिल्डर मोसुके ओलुमो र स्ट्राइकर स्टेफेन समिरलाई क्लब भित्र्याएको हो। चार पटकको लिग च्याम्पियन एनआरटीले लिगको नयाँ सिजनको लागि चार विदेशी खेलाडीमध्ये दुई जनालाई अनुबन्ध गरेको हो।
काठमाडौं। नेपाली फुटबलमा पहिलो पटक हुन लागेको फ्रेन्चाईज कप नेपाल सुपर लिग (एनएसएल) का लागि एफसी चितवनले तेस्रो विदेशी खेलाडीको रुपमा सर्वियन मुलका फ्रेन्च स्ट्राइकर गोरान जेर्कोभिचलाई क्लबमा अनुबन्ध गरेको छ। यससँगै चितवनको विदेशी खेलाडीको कोटा पूरा भएको छ। यसअघि चितवनले इजिप्टका दुई खेलाडीलाई क्लब भित्र्याएको थियो। लिगमा एक क्लबले तीन विदेशी अनिवार्य अनुबन्ध गर्नुपर्ने नियम रहेको छ।
काठमाडौं । एभरेस्ट पि्रमियर लिग (ईपीएल) क्रिकेटका लागि विराटनगर वारियर्सले चार जना विदेशी खेलाडी अनुबन्ध गरेको छ ।
विराटनगरले हङकङका बाबर हायात, नेदरल्याण्ड्सका पोउल भ्यान मिकेरन र भ्यान डर मर्वी साथै भारतका स्मित पटेललाई खेलाउन लागेको …
काठमाडौं । पोखरामा शुक्रबारदेखि सञ्चालन हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि बुटवल ब्लास्टरले दुई विदेशी खेलाडी ल्याएको छ ।
पोखरा रंगशालामा हुने प्रतियोगिताका लागि बुटवलले युएइबाट दुई खेलाडी क्लबमा ...